मेचीनगरका १०२ जनाले कोरोना जिते

  प्रकाशित मिति
१६ भाद्र २०७७, मंगलवार १४:२९


मेचीनगर, १६ भदौ । मेचीनगरका संक्रमित एक सय २ जना कोरोना जितेर घर फर्किएका छन् ।

मेचीनगरका संक्रमित एक सय ९ जनामध्ये १०२ जना कोभिड अस्पतालबाट कोरोना जितेर घर फर्किएका हुन् ।

मङ्गलबार सुनसरीको गोठगाउँ र धाइजनको आइसोलेसन वर्डाबाट २÷२ जना कोरोना जितेर घर फर्किएका छन् ।

गोठगाउँको कोभिड अस्पतालबाट निको भएका २ जना काँकरभिट्टाका सशस्त्र प्रहरी हुन् ।

यसअघि कोरोना संक्रमित ३२ जना सशस्त्र प्रहरी थिए । योसँगै ३२ जनै सशस्त्र प्रहरी कोरोना जितेर घर फर्किएका छन् ।

कोभिड अस्पतालमा अब मेचीनगरका ७ जना उपचारमा रहेको बताइएको छ ।

आज निको भएका ४ सहित विराटनगर, धरानको कोभिड अस्पताल र धाइजनको आइसोलेसन वर्डाबाट हालसम्म मेचीनगरका १०२ जना संक्रमितहरु कोरोना जितेर घर फर्किएको मेचीनगरपालिकाका सामाजिक विकास समिति संयोजक नविन बरालले जानकारी दिए ।

चारदिन अघि होटल क्वारेन्टिन, होम क्वारेटाइनसहित ६५ जनाको स्वाबको नमुना संकलन गरिएको थियो । उनीहरुको आज स्वाबको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

हालसम्म तीन हजार ३ सय ४९ जनाको पीसीआर गरेकोमा अब ४६ जनाको मात्र रिपोर्ट आउन बाँकी रहेको संयोजक बरालले बताए ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: