मेचीनगर, ११ असोज । मेचीनगरमा संक्रमित एक सय ३३ मध्ये १२८ जना कोरोना जितेर घर फर्किएका छन् ।
आइतबार २ जना निको भएसँगै मेचीनगरका १२८ जनाले कोरोना जितेर घर फर्किएका हुन् ।
धाइजन स्थित स्वास्थ्य चौकीको आइसोलेसनमा रहेका २ जना आज निको भएर घर फर्किएसँगै १३३ जना संक्रमित मध्ये १२८ जनाले कोरोना जितेको मेचीनगरका सामाजिक विकास संयोजक एवम् कार्यवाहक मेयर नविन बरालले बताए ।
मेचीनगरका बाँकी ५ जनामध्ये १ जनाको मृत्यु भएको छ भने ४ जना धरान, भद्रपुर र धाइजनको आइसोलेसनमा उपचार गरिरहेको कार्यवाहक मेयर बरालले जानकारी दिए ।
हालसम्म मेचीनगरमा तीन हजार ७ सय ६८ जनाको स्वाबको नमुना संकलन गरिएको उनको भनाइ छ ।
।। अर्जुन कार्की ।।