मेचीनगरका ४७ मध्ये ३८ जना कोरोना जितेर घर फर्किए

  प्रकाशित मिति
३१ असार २०७७, बुधबार १३:४५


।। अर्जुन कार्की ।।

मेचीनगर । मेचीनगरका कोरोना संक्रमित सात वर्षकी बालिकादेखि ५५ वर्षका पुरुषसहित ३८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

मेचीनगर–११ नम्बर वडाकी ७ वर्षकी बालिका तथा वडा नम्बर १५ का ५५ वर्षका पुरषसहित ३८ जना विराटनगर र धरानको कोभिड–१९ अस्पतालबाट निको भएर घर फर्किएका हुन् ।

मेचीनगरका कोरोना संक्रमित ४७ जनामध्ये ३८ जना उपचारपछि निको भएर घर फर्किएको मेचीनगरपालिकाका सामाजिक विकास समिति संयोजक नविन बरालले बताए ।
मङ्लबार मात्रै मेचीनगरका ११ जना उपचारपछि निको भएर घर फर्किएको उनले बताए ।

१५ वटै वडाका क्वारेन्टिन र होल्डिङ प्वाइन्टसहित मेचीनगरका १ हजार ५ सय ७५ जनाको पीसीआरको नमुना संकलन गरेर विराटनगर र धरानको कोभिड–१९ को प्रयोगशाला पठाएको थियो ।

त्यसमध्ये ९४ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।

त्यसैगरी, १ हजार ४ सय ४४ जनाको आरडीटी परीक्षण गरिएको संयोजक बरालले जानकारी दिए ।

झापामानै सबै भन्दा धेरै मेचीनगर नगरपालिकाले पीसीआर र आरडीटी परीक्षण गरेको उनको दावी छ ।

मेचीनगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा रहेर खटिने स्वास्थ्यकर्मी, सुरक्षकर्मी र सञ्चारकर्मीहरुको पीसीआरको नमुना संकलन गरिने बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: