मेचीनगरका ८९ जनाद्वारा रक्तदान

  प्रकाशित मिति
१९ बैशाख २०७७, शुक्रबार २१:०६


मेचीनगर । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न झापामा रगत अभाव नहोस् भन्ने उद्देश्यले मेचीनगरका युवाहरुको एक समुहले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

मेचीनगर–७ स्थित प्यारिभिट्टा युवा क्लबले मजदुर दिवसको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा ८९ जनाले रक्तदान गरेका हुन् ।

रेडक्रस झापाको प्राविधिक सहयोगमा प्यारिभिट्टा बसपार्क परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७१ जना पुरुष र १८ जना महिलाले रक्तदान गरेको क्लबका कार्यक्रम संयोजक राजु शिवाकोटीले जानकारी दिए ।

कोरोना भाइरस तथा अन्य रोगबाट झापाका नागरिक रगत अभावकै कारण ज्यान जोखिममा नपरुन् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।

लकडाउनको पालना गर्दै सामाजिक दुरी कायम गरेर आयोजना गरिएको
रक्तदान कार्यक्रममा स्थानीयबासीको उल्लखेनिय सहभागिता रहेको प्यारिभिट्टा युवा क्लबका अध्यक्ष मुक्तिनाथ काफ्लेले बताए ।

रक्तदान कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवम् सांसद् देवराज घिमिरे, नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली काङ्ग्रेस झापाका सभापति उद्वव थापा, राप्रपाका महामन्त्री एवम् संघीय सांसद् राजेन्द्र लिङ्देन, राप्रपा झापाका उपाध्यक्ष कमल खरेल, झापा जिल्ला रेडक्रस सोसाईटीका सभापति लोकराज ढकाल, झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, शसस्त्र प्रहरी सीमा सुरक्षा बल झापाका प्रमुख एसपी रमेश थाम्सुहाङ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेल, शसस्त्र प्रहरी बल काँकरभिट्टाका प्रमुख डिएसपी ज्ञानमणि पौडेल लगायतको उपस्थिति रहेको क्लबका सचिव राजमान तामाङ जानकारी दिए ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: