मेचीनगरकी संक्रमित महिलाको आज कोशी अस्पतालमा मृत्यु

  प्रकाशित मिति
८ मंसिर २०७७, सोमबार १५:३३


मेचीनगर, ८ मंसिर । मेचीनगर–४ की ८२ वर्षीया महिलाको कोरोना संक्रमणका कारण कोशी अस्पताल उपचार केन्द्र (कोभिड–१९) मा आज मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका सामाजिक विकास समिति संयोजक नविन बरालका अनुसार मंसिर ४ गते ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो । उनको आज बिहान ५ बजेतिर मृत्यु भएको उनले बताए ।

उनको भर्ना गराएकै दिन पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो ।

उनको आज दिउसो आफ्नै ठाउँमा अन्त्यष्टि वडा नम्बर ४ का वडाध्यक्ष समेत रहेका बरालले जानकारी दिए । योसँगै मेचीनगरमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: