मेचीनगरको कोराना आइसोलेट सेन्टरमा मन्त्री

  प्रकाशित मिति
३ असार २०७७, बुधबार १५:३५


मेचीनगर, ३ असार । प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले झापाको मेचीनगरमा सञ्चालनको तयारीमा रहेको कोरोना आइसोलेट होल्डिङ सेन्टरको आज निरीक्षण गरेका छन् । उनले सेन्टरलाई विहीवारदेखि सञ्चालनमा ल्याइने बताए ।

मेचीनगरको धाइजन ११ स्थित स्वास्थ्य चौकीको भवनलाई नै आइसोलेट होल्डिङ सेन्टरको मेचीनगर नगरपालिकाले स्तरोन्नति गरेको हो । जसलाई प्रदेश सरकारले थप सहयोग गर्दै आइसोलेट होल्डिङ सेन्टरको मान्यता दिएको छ ।

धाइजनआइसोलेट होल्डिङ सेन्टरमा ३५ जनासम्म राख्न सकिने क्षमता हुने छ । जहाँ पीसीआर परीक्षणमा पोजेटिभ देखिएका लक्षणविहीन कोरोनाका विरामीहरुलाई राखिने मन्त्री घिमिरेले बताए ।

भेन्टिलेटर र आइसीयु सुविधा आइसोलेट होल्डिङ सेन्टरमा हुनेछैन । राखिएका विरामीमा स्वाश्प्रश्वास र अन्य कुनै स्वास्थ्य समस्या देखा परेमा विराटनगर, तरा, गोठगाउँ र धरानको कोभिड हस्पिटलमा लगिने मन्त्री घिमिरेले जानकारी दिए ।

मेची अञ्चल अस्पतालको नवनिर्मित भवनमा कोभिड हस्पिटल निर्माण गर्ने र भद्रपुरमै पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइने उनले स्पष्ट पारे ।

निरीक्षण क्रममा मन्त्रीसँग प्रदेश सांसद बसन्त बानियाँ, मेचीनगरका मेयर विमल आचार्य, उपमेयर मीना उप्रेती, वडाध्यक्षद्वय ललित तामांग, नविन बराल लगायतको उपस्थिति थियो ।

काँकरभिट्टा माविको क्वारेन्टाइनका बारेमा मन्त्री घिमिरेलाई मेयर आचार्य, उपमेयर उप्रेती, काँकरभिट्टा इलाका प्रहरी कार्यालयका डीएसपी राजेन्द्र पोखरेल र नेपाली सेनाको नयाँ श्रीनाथ गणका क्याप्टेन बिजय काफ्लेले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: