मेचीनगरको क्वारेन्टाइनबाट ६२ जना घर फर्किए

  प्रकाशित मिति
४ बैशाख २०७७, बिहीबार १९:१९


झापा । कोरोना भाइरसको आशंकामा मेचीनगरको विभिन्न क्वारेन्टाइनमा बसेका ६२ जना व्यक्तिहरु घर फर्किएका छन् ।

मेचीनगर स्थित आर्दश मावि ईटाभट्टा, धाइजनको स्वास्थ्य चौकी, मेची जनसाधारण मावि बौद्वमोड, सरस्वति मावि र पशुपति मावि बाहुनडाँगीका क्वारेन्टाइनमा बसेका ६२ जना व्यक्तिहरु घर फर्किएका हुन् ।

१३९ मध्ये ७७ जना अझै आर्दश मावि, धाइजनको स्वास्थ्य चौकी र मेची जनसाधारण माविको क्वारेन्टाइनमा छन् भने शुक्रबारसम्म ६२ जना व्यक्तिहरुलाई घर पठाइएको मेचीनगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक टिकाराम मंग्रातीले जानकारी दिए ।

किटको माध्यमबाट र्या्पिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा कोरोना संक्रमण नभएको र १४ दिनको क्वारेन्टाइन अवधि पुगिसकेकालाई घर पठाइएको उनले बताए ।

लकडाउनअघि विदेशबाट फर्किएका, नाकाबाट नेपाल प्रवेश गरेका र मेचीनगरका आशंकित व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

जिल्ला भित्रका सहज हुने, होटलमा बसेका लगायतका व्यक्तिलाई घर पठाइएको छ । क्वारेन्टाइनबाट घर फर्किएकालाई एक साता घरमै क्वारेन्टाइनमा बस्न भनिएको उनको भनाई छ ।

त्यस्तै काँकरभिट्टाका होटलमा २० दिनदेखि बेखर्ची भएर बसेका पश्चिमका ५६ जनाको आरडीटी परीक्षण गरिएको थियो । उनिहरुको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो ।

संयोजक मंग्रातीले हाल क्वारेन्टाइनमा ४५ भारतीयसहित ७७ जनाको कोरोना परीक्षण गर्न बाँकी रहेको बताए । उनका अनुसार उनिहरुको शुक्रबार आरडीटी परीक्षण गरिसके पछि घर पठाइने छ ।

‘४५ जना भारतीय यसअघि झापामा नै असंगठित रुपमा काम गरेर बसेका थिए’, संयोजक मंग्रातीले भने–‘पहिला जसरी बसेका थिए, सोहि अनुसार बस्न भनेर पठाइ दिने छौँ ।’

झापाका १०५० जना निगरानीमा

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले स्थानीय तहको विभिन्न क्वारेन्टाइन स्थल, आइसोलेशन र होम क्वारेन्टाइनमा १ हजार ५० जना व्यक्तिहरु रहेको बताए । उनिहरुको सरकारले निगरानी गरिरहेको उनले दावी गरे ।

स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वास्थ्य जाँच गरिरहेको उनले बताए ।

‘जिल्लाका १५ वटै स्थानीय तहका पालिकामा रगत परिक्षण गर्ने किटको व्यवस्था गरिदिएका छौँ’, चौलागाईले भने–‘ पालिकाकै स्वास्थ्यकर्मीले घरमै सुरक्षित बसेका व्यक्तिहरुको किटद्वारा रगत परिक्षण गरिरहेका छन् ।’

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: