मेचीनगरको नीति तथा कार्यक्रम पारित

  प्रकाशित मिति
२६ असार २०७५, मंगलवार १०:१५


मेचीनगर । प्रत्येक वडालाई एक करोड रुपैयाँ बजेट विनियोजित गर्दै मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम पारित गरेको छ । सोमबार बसेको नगर सभाले आगामी आर्थिक वर्षका लागि विगतको तुलनामा वडाको बजेट बढाएको हो ।

चालु आर्थिक वर्षमा लागत सहभागिता बाहेक करिब ८० लाख रुपैयाँ एउटा वडामा रकम पठाएको नगर सभाले आगामी वर्षका लागि लागत सहभागिता बिना नै एक करोड रकम विनियोजन गर्ने निर्णय गरेको मेचीनगर उपप्रमुख तथा बजेट तर्जुमा समिति संयोजक मीना उप्रेतीले बताइन् ।

नगरले गौरवका योजना अन्तरगत केही महत्वपूर्ण काम गर्ने गरी नीति तथा कार्यक्रम पारित गरेको उपप्रमुख उप्रेतीले जानकारी दिइन् । उनका अनुसार गौरवका योजना अन्तरगत जनता आवास कार्यक्रम सुरु गरिएको छ । जसमा सुकुम्बासीहरुलाई नगरपालिकाको तर्फबाट घर निर्माण गरिनेछ ।

त्यस्तै, मेचीनगर–७ मा सेनेटरी ल्यान्डफिल्ड साइड निर्माण गरिने भएको छ । नगरलाई स्वच्छ, सफा राख्न यो ल्यान्डफिल्ड साइडको निर्माणले सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ । नगरको गौरवका योजना अन्तरगत नै मेचीनगर–१० मा साइन्स सिटी निर्माण गरिनेछ ।

‘मेचीनगर नेपालको पूर्वी प्रवेशद्वारः कृषि र पर्यटन समृद्धिको मुल आधार’ भन्ने नाराका साथ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृति गरिएको नगरप्रमुख विमल आचार्यले बताए । नगरको समृद्धिका लागि आगामी वर्ष विशेष कार्यक्रम सञ्चालन गरिने प्रमुख आचार्यले जानकारी दिए । नगरको आगामी वर्षको कुल बजेट करिब एक अर्ब १४ करोड हुने नगर प्रमुख आचार्यले जानकारी दिए । मङ्गलबारसम्म चल्ने नगरसभाले बजेट पारित गर्ने प्रमुख आचार्यले बताए ।

जनताको प्रत्यक्ष सरोकार वडा कार्यालयमा हुने भएकाले वडाको बजेट बृद्धि गर्न प्रयास गरेका थियौँ तर त्यही अनुसार नगरसभाले बजेट बिनियोजन गरेको वडा नम्बर १० का अध्यक्ष सवेशकुमार पनेरुले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: