झापा । मेचीनगर क्षेत्रको मतगणना विहीबार विहानदेखि मात्र सुरु हुने भएको छ ।
बुधबार बसेको सर्वदलीय बैठकमा राजनीतिक दलहरुको प्रस्ताव अनुसार नै मतगणना विहीबारदेखि सुरु हुने निर्वाचन अधिकृत इन्दिरा शर्माले बताइन् ।
मतगणनालाई व्यवस्थित गर्नका लागि गणनास्थलमा सिसी क्यामेरा समेत जडान गरिएको अधिकृत शर्माको भनाई छ ।
शर्माले विहीबार आठ बजेदेखि हुने मतगणना दुई ठाउँबाट सुरु गरेर आवश्यकता अनुसार बढाउँदै जाने सर्वदलीय बैठकले निर्णय गरेको बताइन् ।
शर्माले नगरमा ९० प्रतिशत मत खसिसकेको बताउँदै बाँकी १० प्रतिशत मतदाता अझै पनि लाइनमै रहेको बताइन् । उनले नगरका ३५ वटै मतदान स्थलमा मतपेटिका निर्वाचन अधिकृतका कार्यालयसम्म ल्याउनका लागि ८ वटा गाडी समेत पठाइसकेको बताइन् ।