धुलाबारी । मेचीनगर नगरपालिकाको राहतकोषमा बुधवार एक्कै दिन साढे तीनलाख बढी रुपैयाँ रकम जम्मा भएको छ ।
धुलावारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले १ लाख १ हजार रुपैयाँ प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष अजय घिमेरे लगायतको टोलीले हस्तान्तरण गरेको रकम नगर प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले ग्रहण गरेको प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।
यसैगरी कोषमा शिक्षक महासंघले २ लाख ११ हजार ८ सय, एन प्याव्सनले ५२ हजार रूपैयाँ कोषमा जम्मा गरेको आर्थिक प्रशासन प्रमुख तथा खाद्य अधिकृत दीपेन्द्र कार्कीले बताए ।
कोषमा खाद्य सामाग्री समेत धमाधम जम्मा भईरहेको छ ।
मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाले ५ सय बोरा चामल र पाउ पाथीभराले १ हजार केजी चामल प्रदान गरेको छ ।
कोषमा हालसम्म १० लाख रुपैयाँ जम्मा भएको नगरपालिकाले जनाएको छ ।