मेचीनगरको लकडाउन अरुतिरको भन्दा कडा

  प्रकाशित मिति
१७ बैशाख २०७७, बुधबार १९:३२


मेचीनगर । दमकपछि बाह्रदशीमा कोरोना भाइरसको सङ्क्रमित भेटिएपछि मेचीनगर नगरपालिकाले आफ्नो नगर क्षेत्रमा लकडाउनलाई अरुतिरको भन्दा कडा तुल्याएको छ ।

लकडाउन अवधिभर मेचीनगर क्षेत्रमा अन्यत्रबाट बसोबास गर्नेगरी कोही पनि आउन नपाइने र जसले यो नियम उल्लङ्घन गरी आउँछ, उसलाई वडा कार्यालयले तोकेको क्वारेन्टाइनमा १५ दिनसम्म राख्ने नगरपालिकाले निर्णय गरेको छ ।

नगरपालिकाले बुधवार जारी गरेको जरुरी सूचना अनुसार बाहिरबाट आएर लकडाउन उल्लङ्घन गरेवापत क्वारेन्टाइनमा बस्नेले खाद्यान्न र सुत्ने बस्ने सामग्रीको व्यवस्था आफै गर्नु पर्ने छ । नगरपालिकाले त्यस्ता व्यक्तिको क्वारेन्टाइन खर्च नव्यहोर्ने जनाएको छ ।

मेचीनगर क्षेत्रमा पास बेगरका मोटरसाइकलसहित कुनै पनि सवारी साधन चलाउन निषेध गरिएको छ । नगरपालिकाले वैशाख १६ गतेसम्म जारी गरेका सबै सवारी साधनको अनुमति (पास) खारेज गरिएको नगरपालिकाको सूचनामा उल्लेख छ ।

तरकारी, फलफुल, दुध र माछामासु मेचीनगर बाहिरबाट ल्याएर बेच्न समेत मेचीनगर नगरपालिकाले प्रतिबन्ध लगाएको छ ।

अत्यावश्यक खाद्य सामग्री तथा सागसब्जी खरिदविक्रीका लागि विहान ६ देखि ११ बजेसम्मको समय नगरपालिकाले तोकेको छ ।

यसैगरी, औषधि खरिद र अत्यावश्यक ढुवानीका साधन सञ्चालनको समय समेत विहान ६ देखि ११ बजेसम्म तोेकिएको छ ।

सहकारी संस्थाहरुले निक्षेप फिर्ता समेत घरै पुगेर गर्नुपर्ने र अति आवश्यक काममा सवारी पास चाहिएमा नगर क्षेत्रभित्र लागू हुनेगरी दिइने नगरपालिकाको निर्णयमा उल्लेख छ ।

नगरपालिकाले जारी गरेको आठ बुँदे आदेशात्मक सूचना बारे नगरपालिकाका प्रमुख विमल आचार्यले बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: