मेचीनगरको लेदो व्यवस्थापन हुने

  प्रकाशित मिति
२४ जेष्ठ २०७३, सोमबार ०७:२४


ledo

काँकरभिट्टा । बढ्दो शहरीकरणसँगै अव्यवस्थित बन्दै गएको मेचीनगर क्षेत्रको दिशाजन्य लेदो व्यवस्थापन गरिने भएको छ ।
आइतवार काँकरभिट्टामा आयोजित एक कार्यव्रmमकाबीच शहरी क्षेत्रको लेदो व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

साना शहरी खानेपानी तथा सरसफाइ आयोजना काठमाडौको आयोजना तथा काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको संयोजनामा आयोजित कार्यव्रmममा सम्बन्धित सरोकारवाला पक्षहरूसँग छलफल तथा अन्तरव्रिmया गरि लेदो व्यवस्थापनका लागि निर्णय गरिएको हो । मेचीनगरका राजनीतिक दल, सामाजिक सङ्घ संस्था, शैक्षिक सङ्घ संस्थाको सहभागितामा नगरलाई लेदो व्यवस्थापनका लागि लागत स्टेमिड बनाउने, यसको काम गर्ने जिम्मा काँकरभिट्टा खानेपानीले लिने र रेखदेख, अनुगमनका लागि मेचीनगरपालिकाले लिने सहमति भएको हो ।

लेदो व्यवस्थापनका लागि कुल लागतको ८५ प्रतिशत एसियाली विकास बैङ्क र १५ प्रतिशत मेचीनगर नगरपालिकाले लगानी गर्ने निर्णय भएको छ ।

कार्यव्रmममा सहभागिले आयोजनालाई लेदो व्यवस्थापनका लागि विभिन्न जिज्ञासा राखेका थिए । सहभागिलाई आयोजनका सञ्जय अधिकारी, आलेक पौडेल, मिङ्मा शेर्पाले सहजीकरण गरेका थिए ।

साना शहरी खानेपानी तथा ढल विकास विभागका महानिर्देशक रामचन्द्र देवकोटाको प्रमुख अतिथि तथा काँकरभिट्टा खानेपानीका अध्यक्ष सुर्यप्रकाश उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यव्रmममा शाना शहरी खानेपानी तथा सरसफाइ आयोजनाका निर्देशक रामचन्द्र शाह, शाना शहरी खानेपानी तथा सरसफाई आयोजनाका उप निर्देशक केशव विष्ट, क्षेत्रीय आयोजनका निर्देशक चन्द्रेश्वर शाह, खानेपानी तथा सरसफाई डिविजन भलापाका प्रमुख चोकप्रसाद धिताललगायतको उपस्थिति रहेको थियो ।

कार्यव्रmममा मेचीनगर नगरपालिकाका इन्जिनियर कमल कोइराला, नेपाली काङ्ग्रेसका मेचीनगर सभापति इन्द्र बुढाथोकी, एमालेका नगर अध्यक्ष राजु पोखरल, माओवादी केन्द्रका नगर इन्र्चाज प्रकाश भण्डारी सञ्जोग, राप्रपा नेपालका नगर अध्यक्ष शुसील आचार्य, काँकरभिट्टा उमाविका प्राचर्य तुलसीप्रसाद निरौला, मेची उद्योग बाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष ललित तामाङ, नेकपा मालेका नगर सचिव गणेशप्रसाद पोखरेल, नाइटचेस क्लबका अध्यक्ष सेरबहादुर बस्नेत, समाजसेवी डिल्लीराम घिमिरे, सङ्घीय समाजवादी नेपालका दिनेश राई, काँकरभट्टिा उमाविका अध्यक्ष हरि कार्की, सुरेन्द्र बुढाथाकेी, गङ्गा कोइराला, रेखा पराजुलीलगायतले आ–आफ्नो जिज्ञासा राखेका थिए ।

खानेपानीका कोषाध्यक्ष राजकुमार पराजुलीले स्वागत गरेको कार्यव्रmमको सञ्चालन सचिव ज्ञानेन्द्र घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: