मेचीनगरको शिक्षा बजेट : तीन क्याम्पसलाई ४४ लाख अनुदान

  प्रकाशित मिति
१६ श्रावण २०७९, सोमबार १८:२९


मेचीनगर, १६ साउन । मेचीनगर नगरपालिकाले नगरभित्र सञ्चालित तीन वटा क्याम्पसका लागि ४४ लाख रुपैयाँ शैक्षिक अनुदान दिने भएको छ ।

नगरको आव २०७९/०८० को बजेटको शिक्षा शिर्षकमा उक्त अनुदान बारे उल्लेख छ । नगरका नगरप्रमुखले सार्वजनिक मञ्चहरुमा आफ्नो प्राथमिकता शिक्षामा रहेको बताउँदै गरेका छन् ।

जस अनुसार सबैभन्दा बढी धुलाबारीस्थित मेचीनगर पोलिटेक्निकल इन्स्टिच्युटले ३० लाख रुपैयाँ अनुदान पाउने भएको छ । उक्त अनुदान भौतिक संरचना निर्माणमा दिइने बताइएको छ ।

त्यसैगरी, काँकरभिट्टा क्याम्पस र चारआलीको त्रिदेब क्याम्पसले सात लाख रुपैयाँका दरले अनुदान पाउने भएका छन् ।

नगरपालिकाले शिक्षा क्षेत्रका लागि योजना तथा कार्यक्रम शीर्षकमा ३ करोड ५९ लाख ३४ हजार ७२२ रुपैयाँ बजेट व्यवस्था गरेको छ ।

बाल विकास केन्द्रका शिक्षक र कर्मचारीहरुको पारिश्रमिकका लागि नगरपालिकाले एक करोड २२ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

नगरको शिक्षा कस्तो हुने भनेर पालिकाले यही वर्ष नगर शिक्षा गुरुयोजना बनाउने भनेर पाँच लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

नगरपालिकाले स्थानीय पाठ्यक्रम तयारी तथा छपाईमा १५ लाख, सामुदायिक विद्यालयको छानको जस्ता पाता फेर्न २० लाख, सामुदायिकको आधारभूत विद्यालयको गुणस्तर सुधारका लागि १० लाख, माध्यमिक बिद्यालयको गुणस्तर सुधार्नका लागि २० लाख र धार्मिक विद्यालयहरुको शौचालय व्यवस्थापन, मर्मत, रंगरोगन र संस्थागत विकासका लागि १५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: