।। अर्जुन कार्की ।।
मेचीनगर । कोरोनाको महामारीका बेला नगरबासीको हितमा अहोरात्र खटिएका ४ जना स्वास्थ्यकर्मीलाई मेचीनगर नगरपालिकाले सम्मान गरेको छ ।
विहीबार छैठौँ नगरसभामा नगर स्वास्थ्य शाखाकी प्रमुख शशिकला राई, टिकाराम ढकाल, कमला राजवंशी र एम्बुलेन्स चालक जंगबहादुर खड्कालाई सम्मान गरिएको हो ।
चारै जनालाई जनहि ५ हजारका दरले प्रशंसापत्रसहित सम्मना गरिएको थियो ।
सम्मानितहरुलाई नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती लगायत कार्यपालिका सदस्यहरुले प्रशंसापत्रसहित सम्मना गरेका थिए ।
कोरोना भाइरसको जोखिममा रहेको मेचीनगरमा स्वास्थ्यकर्मीहरुले पुर्याएको योगदानको कदर गर्दै भविश्यमा पनि थप मनोबलका साथ लाग्न प्रेरित गर्ने उद्देश्यले सम्मान गरिएको नगरप्रमुख आचार्यले बताए ।
कोभिड–१९ को महामारीका बेला नगरपालिकाले स्वास्थ्यकर्मीको मजबुरीलाई बुझेर सम्मान गरेकोमा खुशी भएको नगर स्वास्थ्य शाखाकी प्रमुख राईले बताइन् ।