मेचीनगर, १३ कात्तिक । मेचीनगर नगरपालिकाका लेखा अधिकृत पदमबहादुर कार्कीलाई मातृशोक परेको छ ।
उनकी ७३ वर्षीया आमा मनमाया कार्कीको विहीबार राति ७ वजे मेचीनगर–६ बर्मेलीटोल स्थित निजी निवासमा निधन भएको हो ।
लामो समयदेखि नसा सम्बन्धी रोगबाट थलिएकी थिइन् । आज अचनाक दिउसो उक्त रोगले सारो पारेकोले अस्पताल लैजाने क्रममा बाटैमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
उनका श्रीमान यामबहादुर कार्की, दुई छोरा÷वुहारीहरु पदमबहादुर–यशोदा र लक्ष्मण–दुर्गा कार्की तथा एक जना छोरी÷ज्वाई देवकुमारी र गणेश शिवाकोटी छन् ।
छोरा पदमबहादुर मेचीनगरपालिका कार्यालयका लेखा अधिकृत हुन् भने छोरा लक्ष्मण र छोरी देवकुमारी व्यापार–व्यवसाय गर्दछन् ।
उनको शुक्रबार विहान स्थानीय मेची नदिमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।