मेचीनगरपालिकामा सेवाग्राहीको भीड

  प्रकाशित मिति
१० जेष्ठ २०७७, शनिबार २२:०७


मेचीनगर । मेचीनगर नगरपालिका कार्यालयमा सेवाग्राहीहरुको लकडाउन अघिको जस्तो भीडभाड देखिन थालेको छ ।

सरकारले लकडाउन गरेको आइतबार ६० दिन पुग्दैँछ । तर, नगरपालिकामा सेवाग्राही, न त कर्मचारी कसैले पनि लकडाउन पालना गरेको देखिदैन ।

चालु आर्थिक वर्ष सकिने बेला भएकोले योजना लगायतका विभिन्न काम लिएर आउने सेवाग्राहीहरुको भीडभाड कार्यालयमा निक्कै छ ।

कार्यालयमा भीडभाड निक्कै हुन थालेपछि कर्मचारीहरु काम गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

लकडाउनको सामान्य नियम समेत नगरपालिकामा पालना गरेको देखिदैन । कार्यालयको भीडभाड यस्तै रहे कर्मचारीहरु काममा नआउँने संकेत देखिदैँछ ।

कार्यालय परिसरमा मोटरसाइकलको ताँति रहेको छ । कार्यालयको प्रत्यक कोठामा सेवाग्राहीको चाँप छ । कर्मचारी र नगरबासी सामाजिक दुरी कायम नगरी गफिएको देख्न सकिन्छ ।

कार्यालयको भीडभाडलाई मध्यनजर गरेर नगरप्रमुख विमल आचार्य र उपप्रमुख मिना पोखरेल उप्रेतीले सेवाग्राहीका लागि समय तालिका तोकिदिएका छन् ।

मेचीनगर–१, २ र १५ नम्बर वडाका सेवाग्राहीहरुलाई सोमबार, मेचीनगर–३, ४ र १४ नम्बर वडाकालाई मङ्गलबार, मेचीनगर–५, ६ र १३ नम्बर वडाकालाई बुधबार, मेचीनगर–७, ८ र १२ नम्बर वडाकालाई विहीबार तथा मेचीनगर–९, १० र ११ नम्बर वडाकालाई शुक्रबार कार्यालय आउन समत तालिका बनाएको नगरप्रमुख आचार्यले बताए ।

यसवर्ष अर्थात असार मसान्तसम्म सञ्चालन भएका विभन्न योजना लगायतका सम्झौताहरुको सहमति र कार्यन्वयन हुनेछ भने विकास निर्माणका योजनाहरु स्थगित गरिएको उपप्रमुख उप्रेतीले जानकारी दिइन् ।

समय तालिका अनुसार कार्यालयमा सामाजिक दुरी कायम गरेर कर्मचारी तथा सेवाग्राहीहरुले आफ्नो काम सहजरुपमा लिन सक्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: