मेचीनगरबाट आठ सडक महिलाको उद्धार

  प्रकाशित मिति
२६ जेष्ठ २०७७, सोमबार १५:५१


मेचीनगरबाट उद्धार गरिदै ( फाइल फोटो)।

मेचीनगर, २६ जेठ । मेचीनगरका सडकमा दयनीय जीवन गुजार्दै आएका एक बच्चासहित आठ महिलाको सोमबार विहान उद्धार गरिएको छ ।

प्रदेश नं. १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको पहल र मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीको सहयोगमा उनीहरुको उद्धार गरिएको हो ।

मानसिक सन्तुलन गुमाएका उनीहरु लामो समयदेखि मेचीनगरका सडकमा असुरक्षित रुपमा बस्दै, सुत्दै आएका हुँदा उनीहरुको उपचार गर्न र खाना बस्नका लागि सुरक्षित आश्रय प्रदान गर्न उद्धार गरेर विराटनगर पठाइएको उपप्रमुख उप्रेतीले बताइन् ।

‘कोरोना संक्रमणको उच्चजोखिम र लकडाउन भएका बेला सडकमा असुरक्षित बसोवास गर्ने भएको हुँदा उद्धार गरेका हौं’, उप्रेतीले भनिन्, ‘अब उनीहरुलाई सुरक्षित आश्रय स्थलमा राखेर उपचार गरिन्छ ।’

विराटनगरमा उनीहरुको कोरोना परीक्षण गरेर मात्र मानव सेवा आश्रममा लैजाने व्यवस्था गरेको उप्रेतीको भनाई छ । एक महिना अघि झापाको विर्तामोड र मेचीनगरबाटै नौ जना सडक महिलाको उद्धार गरेर आश्रममा लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: