मेचीनगरबाट निरोगी नेपाल अभियान सुरु (फोटो फिचर)

  प्रकाशित मिति
१ आश्विन २०७९, शनिबार १९:१२


झापा, १ असोज । ‘स्वास्थ्य र दीर्घ जीवन, निरोगी नेपाल अभियान’ नाराका साथ झापाको मेचीनगरबाट हेल्थ एण्ड हेल्थ नेपाल प्राकृतिक तापिय उपचार सेवा केन्द्रद्वारा निरोगी नेपाल अभियान शुभारम्भ गरिएको छ ।
असोज १ गते विश्वकर्मा पुजाको दिन शनिबारदेखि मेचीनगरबाट सो अभियान शुभारम्भ गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइरालाले आफै खुट्टाको नशा सम्बन्धी विरामी हुँदा काठमाडौँमा सोहि सेवा केन्द्रमा तीन महिना उपचारपछि ठिक भएको बताए । झापामा सो अभियान ल्याउन उनै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला सहइन्चार्ज समेत रहेका कोइराला कै पहल रहेको थियो ।

नगरपालिकाको सहजीकरण धुलाबारी स्थित अतिथि सदनमा विरामी महिलाले रिविन काटेर सो उपचार सेवा सुरु गरिएको छ । नेता कोइराला र मेयर बुढाथोकीले पनि आधा घण्टा प्राकृतिक तापिय उपचार सेवा लिएका थिए ।

सो उपचार विधिले शरिरका हाड जोर्नीलाई मजवुत पार्दछ, थकान, छटपटि र तनावबाट मुक्त राख्दछ, शरिरमा भएका बोसोलाई पगाल्छ, मेरुदण्ड, ब्लड प्रेसर, सुगर, मुटु, मृगौला, फोक्सो, कलेजो, नशा र शरिरको आन्तरिक अंगहरुमा सुधार ल्याउन मद्दत गर्ने बताइएको छ । यो प्रविधिबाट उपचार गर्दा एक महिनाको ४ हजार शुल्क लाग्ने बताइएको छ । यसको शाखा मेचीनगरमा नै रहने छ ।

वैकल्पिक चिकित्सा पद्दतिमा आधारित उच्चस्तरीय वैज्ञानिक प्रविधिबाट प्राकृतिक जेड स्टेन तापिय थेरापी र अल्कालाइन (क्षारिय) पानीको प्रयोग रोग प्रतिरोधात्मक स्वास्थ्यका लागि उपयोगी देखिएको हेल्थ एण्ड हेल्थ नेपालका अध्यक्ष महेश आचार्यले बताए । साइड इफेक्ट रहित यस मेडिकल उपकरणको प्रयोगले विरामीहरुको छोटो समयमा स्वास्थ्य राम्रो भएको उनको भनाई छ ।

कार्यक्रममा प्रमुख अतिथि कोइराला, सिंगदरवार वैधखानाका आयुर्वेद विज्ञ डा.बाबुकाजी अमात्य, मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी, हेल्थ एण्ड हेल्थ नेपालका पोखरा शाखा प्रमुख भरत तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

हेल्थ एण्ड हेल्थ नेपालका अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रको स्वागत हेटौडाका प्रमुख चुडामणि पौडेलले र कार्यक्रमको सञ्चालन सञ्चारकर्मी स्वस्तिका आचार्यले गरेकी थिइन् ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: