मेचीनगर । मेचीनगर नगरपालिकाको मतगणना आज ११ बजेदेखि सुरु हुने भनिए पनि अझै हुन सकेको छैन ।
मतदान स्थलबाट ल्याइएका मतपेटिकाको मुचुल्का दलहरुलाई निर्वाचन कार्यालयले देखाउन नसक्दा मतगणनामा ढिलाई भएको हो ।
मेचीनगर नगरपालिका कार्यालयको माथिल्लो तलामा मतगणनाका लागि स्थान तयारी गरिएको छ । दलका प्रतिनिधि समयमै आएर मतपेटिकाको मुचुल्का माग्दा निर्वाचन अधिकृत इन्दिरा शर्माले दिन नसक्दा मतगणनामा ढिलाई भइरहेको छ ।
शर्माले सबै कागजात तयारी भइसकेको बताउँदै केही समयपछि मतगणना सुरु हुने बताइन् ।