मेचीनगरमा अर्का एक जनामा पनि कोरोना

  प्रकाशित मिति
२८ जेष्ठ २०७७, बुधबार १४:१९


मेचीनगर । मेचीनगरमा अर्का एक जना पुरुषमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

मेचीनगर–३ स्थित बलभद्र आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ३९ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।

उनी भारतको मुम्बईबाट जेठ१९ गते काँकरभिट्टा आइपुगेका थिए ।

एक उच्चस्तरीय श्रोतका अनुसार मेचीपुलमा आएका उनलाई स्थानीय जनप्रतिनिधिले एम्बुलेन्समा हालेर उक्त क्वारेन्टाइनमा लगिएको बुझिएको छ ।

उनको जेठ २३ गते पीसीआर टेष्ट गरिएको थियो । पीसीआर टेष्टको रिपोर्ट बुधबार पोजेटिभ आएको श्रोतको भनाई छ ।

उनको पीसीआर रिपोर्ट पोजेटिभ आएका विषयमा स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी रहेको छ । आज दिउसो ४ वजे स्वास्थ्य मन्त्रालयले ती व्यक्तिको रिपोर्ट पुष्टि गर्नेछ ।

योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या २ पुगेको छ । यसअघि भारतको दिल्लीबाट आएर मेचीनगर–४ को पशुपति माविको क्वारेन्टाइनमा बसेका एकजना पुरुषमा पहिलो कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: