मेचीनगर, २३ असोज । मेचीनगरमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मेची प्रादेशिक अस्पताल भद्रपुरका अनुसार शुक्रबार थप मेचीनगरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मेचीनगर–८ का ४ जना र मेचीनगर–६ स्थित काँकरभिट्टाको होटल क्वारेन्टिनमा बसेका चितवान जिल्लाका १० वर्षका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मेचीनगरपालिकाले जनाएको छ ।
वडा नम्बर ८ मा एउटै परिवार र छरछिमेकीमा लगातार कोरोना संक्रमण फैलिरहेको नगरपालिकाले जनाएको छ ।
योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १६३ पुगेको छ ।