मेचीनगरमा एउटा होल्डिङ प्वाइन्टसहित १४ वटा क्वारेन्टाइन

  प्रकाशित मिति
१२ जेष्ठ २०७७, सोमबार ०८:०७


।। अर्जुन कार्की ।।

मेचीनगर । मेचीनगरपालिकाले एउटा होल्डङ प्वाइन्टसहित १४ वटा वडामा क्वारेन्टाइनको व्यवस्था गरेको छ । 

कोरोना भाइरसको महामारीबाट बच्न नगरपालिकाले आइतबारदेखि एउटा होल्डिङ प्वाइन्टसहित सबै वडामा क्वारेन्टाइनको व्यवस्था गरेको हो ।

भारत तथा अन्य मुलुकबाट आउने यहाँका नगरबासीलाई कोरोनाको जोखिमबाट बचाउँनका लागि आ–आफ्नो वडाका क्वारेन्टाइनमा राख्ने गरिको तयारी थालिएको मेचीनगर प्रमुख विमल आचार्यले जानकारी दिए ।

१५ वटै वडामध्ये क्वारेन्टाइन राखिएका वडाहरुमा १ नम्बर वडाको जनकल्याण प्राथमिक विद्यालय, २ नम्बर वडाको मेची जनसाधारण माध्यमिक विद्यालय, ३ नम्बर वडाको नवज्वाति आधारभुत विद्यालय र जनता माध्यमिक विद्यालय, ४ नम्बर वडाको पशुपति माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालय, ५ नम्बर वडाको बालकल्याण माध्यमिक विद्यालय छन् ।

मेचीनगर–६ नम्बर वडाको काँकरभिट्टा माविमा भने होल्डिङ प्वाइन्ट राखिएको छ । वडा नम्बर ६ मा क्वारेन्टाइन समेत राख्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

भारतबाट आउने जो कोहि नेपालीलाई उक्त होल्डिङ प्वाइन्टमा राखेर कोरोना चेक जाँचपछि सम्बन्धीत ठाउँमा पठाइने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले बताए ।

त्यस्तै, वडा नम्बर ७ को सरस्वती प्राथमिक विद्यालय, ८ नम्बर वडाको आदर्श माध्यमिक विद्यालय, ९ नम्बर वडाको कवि शिरोमणि माध्यमिक विद्यालय, १० नम्बर वडाको राधास्वामीको भवन, वडा नम्बर ११ को स्वास्थ्य चौकी धाइजन, १२ नम्बर वडाको अमर प्राथमिक विद्यालय, बालकल्याण माध्यमिक विद्यालय र कालिका आधारभुत विद्यालय छन् ।

यसैगरी, १३ नम्बर वडाको सहिद दशरथ चन्द माध्यमिक विद्यालय, वडा नम्बर १४ को कृष्ण प्राथमिक विद्यालय, बाल सुबोधिनि आधारभुत विद्यालय तथा १५ नम्बर वडाको ज्यामिरगढी माध्यमिक विद्यालय र ज्ञानदिप प्राथमिक विद्यालय क्वारेन्टाइको रुपमा रहेको सामाजिक विकास समिति संयोजक नविन बरालले जानकारी दिए ।

क्वारेन्टाइन तोकिएसँगै भारतबाट आउने आफ्ना वडाका नागरिकहरु मेचीनगरका विभिन्न क्वारेन्टाइनमा आइतबारदेखि बस्न शुरु गरिसकेको उनले बताए ।

भारतको चेन्नाईबाट उपचार गरेर भद्रपुर हुँदै आइतबार आफ्नो वडा आइपुगेका २ जना महिलालाई राधास्वामी क्वारेन्टाइनमा रोखएको वडा नम्बर १० का वडाध्यक्ष सुदय पनेरुले बताए । उनले आफ्नो वडाबाहेकका जनतालाई क्वारेन्टाइनमा नराख्ने स्पष्ट पारे ।

भारतबाट आउने नेपालीहरुको काँकरभिट्टामा घुईचो बढ्न थालेपछि कोरोनाको संक्रमण रोकथामका लागि प्रत्यक वडामा क्वारेन्टाइनको व्यवस्था गर्न शुरु गरिएको नगरप्रमुख आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: