मेचीनगरमा एनआईसी एशिया बैङ्क

  प्रकाशित मिति
८ माघ २०७४, सोमबार १६:२१


मेचीनगर । एनआईसी एशिया बैङ्कले आफ्नो शाखा मेचीनगरमा विस्तार गरेको छ । ‘क’ वर्गको सो बैङ्कले धुलावारी र काँकरभिट्टामा शाखा खोलेको हो । स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई सहजरुपमा सेवा प्रदान गर्ने उद्देश्य बैङ्क रहेको छ ।

बैङ्कको मेचीनगरस्थित दुवै शाखा सोमवार मेचीनगरका मेयर विमल आचार्यले उद्घाटन गरेका छन् ।

धुलावारीको अमर मार्केटमा रहेको बैङ्कको शाखा कार्यालय उद्घाटन गर्दै मेयर आचार्यले धुलाबारी मार्केटको गुमेको शाख जोगाउन वित्तीय संस्थाहरुले भूमिका खेल्न सक्ने बताए । उनले वित्तीय संस्थाहरुले सहजरुपमा सेवा प्रवाह गर्नुपर्ने बताए ।

सोमवार विधिवतरुपमा उद्घाटन गरिए पनि बैङ्कले मेचीनगरमा एक महिना अघिदेखि कारोवार सुरु गरेको छ । धुलावारीस्थित शाखा प्रमुख सुभर्णा श्रेष्ठले यहाँका सेवाग्राहीलाई सहज तरिकाले सेवा प्रवाह गरिने वचन दिइन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार र ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैङ्क निजी क्षेत्रको अग्रणी बैङ्कहरु मध्येको एक हो । मेचीनगरका दुई शाखासहित सो बैङ्कको शाखा देशभर १५७ वटा पुगेको बैङ्कका सूचना अधिकारी रोशनकुमार न्यौपानेले जानकारी दिए ।
उनका अनुसार बैङ्कले १४६ एटीएम तथा ४ वटा एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

बैङ्कले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै थप शाखा सञ्चालन गर्ने योजना अघि सारेको छ । योजना अनुरुप छिट्टै झापाका दुई स्थानमा शाखा खोल्ने तयारी रहेको बैङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: