मेचीनगरमा एमालेको विजय सुरुवात : १ मा प्यानलै विजयी

  प्रकाशित मिति
३ जेष्ठ २०७९, मंगलवार ०६:४६


मेचीनगर, ३ जेठ । मेचीनगरको वडानम्बर १ मा ५ दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन्  ।

मेचीनगर १ को वडाध्यक्षमा रामकुमार राई, खुला महिला सदस्यमा तीलजा देवान, दलित महिला सदस्यमा सीता विश्वकर्मा खुला सदस्यतर्फ चेतन हुमागाईँ र शान्तप्रसाद न्यौपाने विजयी भएका हुन्।

यद्यपि यसलाई निर्वाचन कार्यालयले आधिकारीकरुपमा घोषणा गर्न बाँकी छ । उनीहरूल् प्राप्त गरेको मत र पूर्ण विवरण भने आउन बाँकी छ ।

नयाँ संविधानले परिकल्पना गरेको तीन तहको संघीय संरचना बनेपछि पहिलो पटक २०७४ वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचनमा पनि त्यो वडामा एकजना सदस्य बाहेक अन्य पदाधिकारी सबै पदाधिकारी नेकपा एमालेकै उम्मेद्वार विजयी भएका थिए । वडाले विजयी र्यालीको तयारी गरीरहेको एमाले नेता मञ्जिल मानवले जानकारी दिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: