मेचीनगरमा एमालेलाई पछाउँदै गठबन्धन

  प्रकाशित मिति
४ जेष्ठ २०७९, बुधबार ०९:०५


ईटाभट्टा, ४ जेठ । मेचीनगर नगरपालिका वडा नम्बर २, ३, १४ र १५ मा एमालेको मेयरमा ३५२ र उपमेयरमा १३६५ मतको अन्तरले अग्रता बढ्दै गएको छ ।
बुधबार विहान ६ः३० वजे सम्मको नतिजा अनुसार ९६५७ मत गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले ३७१३ मत ल्याएका छन् । मेयरमा एमालेको ३५२ मतको फरक रहेको छ ।

त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले ३३६१, राप्रपाका रमेश दाहालले ५३९, भालेले ५९१ मत ल्याएका छन् ।

यता उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती ३४२२, माओवादी केन्द्र प्रकाश भण्डारी २०५७, राप्रपाकी सविना बजगाईको ११८२, भालेले ६१७, डिल्लीराम घिमिरेको धाराले ६२ र एकीकृत समाजवादीको कलमले ३८ मत ल्याएका छन् । उपमेयरमा एमालेको १३६५ मतको फरक छ ।

यसैगरी, वडा नम्बर २ को वडाध्यक्षमा एमाले ५२७, हँसिया हतौडाको ५०९, हाँस २३३, हलो ५१, भाले ८७, वडा नम्बर ३ को वडाध्यक्षमा एमालेको ५९२, रुखको ४०५, हलो २६, भाले ३९१ म्त ल्याएको छ ।

त्यस्तै वडा नम्बर १४ को वडाध्यक्षमा एमालेको ४००, हँसिया हतौडाको ४५९, हलोको ३३ र वडा नम्बर १५ को वडाध्यक्षमा एमाले ४५०, कांग्रेसको ६४०, हलोले १६६ र भालेले ५८ र धाराले २ मत प्राप्त गरेको निर्वाचन कार्यालय मेचीनगरले जनाएको छ ।

मेयर, उपमेयरमा २७६ तथा वडाध्यक्ष र वडा सदस्यमा ७८ मत बदर भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: