मेचीनगरमा एमाले जितेको जित्यै

  प्रकाशित मिति
१९ असार २०७४, सोमबार २२:२५


मेचीनगर । मेचीनगर नगरपालिकाको वडाहरुमा नेकपा एमालेको जितको लहर चलेको छ ।

५ वटा वडाको नतिजा सार्वजनिक हुँदा नेकपा एमालेले ४ वटा वडामा अध्यक्ष पदमा जित हासिल गरिसकेको छ । एउटा वडामा नेपाली काङ्ग्रेसका उम्मेद्वार अध्यक्ष पदमा विजयी भएका छन् ।

एमालेले वडा नं. १, २, ३ र १४ को वडा अध्यक्ष पदमा जित हासिल गरेको छ भने वडा नं. १५ मा काङ्ग्रेसका उम्मेद्वारले वडा अध्यक्ष पदमा जितेका छन् ।
सोमवार घोषणा भएको वडा नम्वर–२ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।

वडा अध्यक्षमा एमालेका तिलक न्यौपाने १ हजार ११८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेद्वार हिम्मत क्षेत्रीले ८१२ र माओवादी केन्द्रका उम्मेद्वार उत्तम सिटुङले ६१३ मत प्राप्त गरेका थिए ।

त्यस्तै महिला सदस्यमा गङ्गा कार्कीले १ हजार १२८, दलित महिला सदस्यमा सीता मोतेले १ हजार २०० मत प्राप्त गरी जित हासिल गरेका छन् ।

त्यसैगरी, खुल्ला सदस्यतर्फ एमालेका वेनुप राईले १ हजार १३१ मत र सुरेश घिमिरेले १ हजार ४९ मत प्राप्त गरी प्यानलै विजय भएको हो ।
वडा नंं. १ र १४ मा एमाले यस अघि नै जित हासिल गरिसकेको हो ।

त्यसैगरी, वडा नम्बर ३ मा पनि नेकपा एमालेका अध्यक्ष हर्क बस्नेत बिजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका दिपक थापामगर थिए भने तेस्रो स्थानमा माओबादी केन्द्रका पुष्प गुरागाइँ थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: