मेचीनगरमा एमाले : ३ मा पनि प्यानलै विजयी

  प्रकाशित मिति
४ जेष्ठ २०७९, बुधबार २३:१४


मेचीनगर, ४ जेठ । मेचीनगरको वडा नम्बर ३ मा पाँच दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् ।

मेचीनगर ३ को वडाध्यक्षमा हकृबहादुर वस्नेत, खुला महिला सदस्यमा गीता पोखरेल, दलित महिला सदस्यमा फुलमाया रोक्का, खुला सदस्यतर्फ किशोर भट्टराई र ख्याम सावाँ निर्वाचित भएका हुन् ।

वडाध्यक्षमा वस्नेतले १४५५ मत ल्याएर विजयी बनेका छन् । उनका प्रतिस्पर्धि रुखको १३८६, हलोको ४८ र भालेको ६३२ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।

यसअघि एमालेले मेचीनगर–१ नम्बर वडामा वडाध्यक्ष सहित प्यानलै जीत हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: