मेचीनगरमा एमालेको अग्रता सुरु

  प्रकाशित मिति
१७ असार २०७४, शनिबार ०९:५७


uml

झापा । मेचीनगरमा मतगणना सुरु भएपछि नै अग्रता लिएको नेपाली कांग्रेसलाई पछि पार्दै नेकपा एमालेले पहिलोपटक शनिबार विहानदेखि अग्रता लिन सुरु गरेको छ ।

मेचीनगर वडा नं. १, २, १४ र १५ को जम्मा ६ हजार ९३० मत गणना हुँदा नेकपा एमालेले प्रमुख पदमा ४० र उपप्रमुख पदमा २९८ मतले अग्रता लिएको हो ।
नेकपा एमालेका प्रमुख पदका प्रत्यासी विष्णु प्रसाईको २ हजार ५२४, उपप्रमुखकी प्रत्यासी मिना उप्रेतीको २ हजार ५७२ मत रहेको छ भने नेपाली कांग्रेसका प्रत्यासी विमल आचार्यको २ हजार ४८४ र उपप्रमुखकी प्रत्यासी दुर्गा खतिवडाको २ हजार २७४ मत रहेको छ ।

मेचीनगरमा मेयर र उपमेयरका उम्मेद्वारविच कडा प्रतिष्पर्धा देखिएको छ ।

त्यसैगरी,वडा नम्बर १ को वडाध्यक्षमा पासाङ तामाङ विजयी भएका छन् । यतिबेला मेचीनगर नगरपालिकामा मेयर उपमेयरसहितका सबै उम्मेद्वार, पार्टीका नेता तथा कार्यकर्ताको भीड लागेको छ ।

वडा नं. १ का विजयी वडाध्यक्ष तामाङसहितको विशाल विजय जुलुस नगरपालिकामा आइसकेको छ ।

झापाका नगरपालिकाहरु भद्रपुर, विर्तामोड, अर्जुनधारा, दमक र शिवसताक्षीमा भने नेकपा एमालेले अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: