मेचीनगरमा चुनावअघि नै सर्वसम्मत

  प्रकाशित मिति
१२ माघ २०७२, मंगलवार ०५:०९


indra
मेचीनगर । नेपाली काङ्गेस पार्टीलाई यतिबेला १३औँ महाधिवेशनको चटारो लागेको छ ।  गाउँ र नगरको निर्वाचन आउन ४ दिन बाँकी रहँदा कार्यकर्ताहरू आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । नेताहरू पनि आफ्नो पक्षका उम्मेद्वारहरूलाई जिताउन लागि परेका छन् । पार्टीभित्रको गुट उपगुटले गर्दा गाउँ, नगर, क्षेत्र, जिल्ला हुँदै केन्द्रीयस्तरसम्मको माहोल आफ्नो पक्षमा पार्नका लागि अनेकन कसरतका साथ खुलेरै भोट माग्न लागि परेका छन् ।

तर, मेचीनगरमा भने भिन्न दृष्य देखियो । अहिले राजनीति प्रतिकूलता काङ्ग्रेसले भोगिरहेका बेला सहमति गराउन सुखद् सन्देश हुने छ भन्ने क्षेत्र नम्बर १ नेताहरू पुगेका छन् । नभन्दै सोमबारको भेलामा यस्तो दृष्य देखियो । चुनावी प्रतिस्पर्धा र गुट र उपगुटलाई अन्त्य गर्ने उद्घोषका साथ नेपालको पूर्वी सिमाना मेचीनगरबाट पार्टीभित्र सर्वसम्वतको प्रव्रिmयाको शुरूवात गरिएको छ ।

काङ्ग्रेस मेचीनगर समितिको सभापतिमा इन्द्रबहादु बुढाथोकीलाई सर्वसम्मत बनाउने प्रस्ताव भएसँगै उनीहरूले केन्द्रलाई चुनौती दिएका छन् । सोमबार क्षेत्रीय पार्टी कार्यालयमा बसेको पार्टीका नेता तथा कार्यकर्ता भेलाबाट बुढाथोकीलाई सभापति पदमा चयन गर्नका लागि सर्वसम्मत प्रस्ताव गरिएको हो । सभापतिका अर्का आकांक्षी सुरेन्द्र बुढाथोकीले पार्टीलाई एक बनाएर सर्वसम्मत रूपमा लैजानका लागि इन्द्रबहादुरलाई प्रस्ताव गरेपछि यसको बाटो खुलेको हो । योसँगै इन्द्रबहादुर मेचीनगरको सभापति बन्ने पक्का भएको छ ।

सभापतिमा सर्वसम्मत प्रस्ताव गरिएका इन्द्रबहादुरले आफूलाई समर्थन गरेर सहमतिमा पुगेपछि सँगसँगै सहकार्य गर्नका लागि सुरेन्द्रलाई मेचीनगरमा सदस्य पदमा अत्यधिक मतले जिताएर उपसभापति बनाउने प्रस्ताव राखेका छन् । यो प्रस्तावमा सहभागी सबैले समर्थन गरेका थिए । मेचीनगर सभापतिका लागि आकांक्षीका रूपमा रहेर लामो समयदेखि आफ्नो पक्षमा भोट मागेर कार्यकर्ता माझ पुगेका यी दुई बुढाथोकीले देशलाई एकताको सन्देश दिनका लागि मेचीनगरबाट शुरूवात गरेका बताए ।

वर्तमान कोषाध्यक्ष रहेका बुढाथोकी विगत डेढ वर्षदेखि नै सभापति बन्ने इच्छा कार्यकर्ता माझ राख्दै आएका थिए । ‘हामी एकताको महाधिवेशन बनाउन चाहन्छौ’ सोमबार पार्टी कार्यालयमा सुरेन्द्रले भने, – ‘यहाँबाट शुरू भएको यो सहमति प्रव्रिmया देशभरी भए पार्टी बलियो हुनेछ ।’ विद्यार्थी जीवनदेखि नै काङ्ग्रेसको राजनीति गर्दै आएका बुढाथोकीले आफूले योगदान दिँदा पार्टी बलियो हुन्छ भने आफू सधैँ योगदान दिन तयार रहेको बताए । साथै उनले पार्टीका निम्ति पद मात्र होइन, त्याग गर्न समेत सक्नुपर्छ भनेर सबैलाई आग्रह गरे । ‘मैले कसैको दवावमा उम्मेद्वारी फिर्ता लिएको होइन’ भावुक मुद्रामा प्रस्तुत भएका बुढाथोकीले भने,–‘आफ्ना अग्रजको सिरोधार्य गर्दै म भन्दा लामो समयदेखि राजनीति गरेका अग्रज दाईलाई साथ दिनु पर्छ र मेरो कारणले पार्टीमा कुनै प्रकारको असर नपरोस् भन्ने सोचका साथ इन्द्र दाईलाई समर्थन गरेको हुँ । म पार्टीभन्दा बाहिर गएर कुनै पनि काम गर्न सक्दिँन । सधैँ पार्टीको निर्णयलाई मान्न तयार छु ।’ २०४२ सालदेखि राजनीति गरेका सुरेन्द्र तरूण दल मेचीनगरका संस्थापक सदस्य समेत हुन् ।

सभापति पदमा सर्वसम्मत प्रस्ताव गरिएका इन्द्रबहादुरले पार्टीको उन्नतिका लागि आफू जहिल्यै दत्तचित्त भएर लाग्ने बताए । उनले आफूलाई सभापतिमा प्रस्ताव गर्न साथ दिने सुरेन्द्रलाई आभार प्रकट गर्दै सधैँ सबैलाई समेटेर पार्टीलाई एक बनाउने बताए ।

यसैगरी, अन्य पदहरूमा पनि सर्वसम्मत गर्ने तयारी पार्टीले गरिरहेको छ । सहमतिका लागि पार्टीले एक समिति समेत बनाएको छ । जसमा युवा नेता विश्वप्रकाश शर्मा, क्षेत्रीय सभापति मणिकुमार उप्रेती, वर्तमान नगर सभापति प्रेम सम्बाहाम्फे, सभापति बन्ने पक्का भएका इन्द्रबहादुर बुढाथोकी र सुरेन्द्र बुढाथोकी रहेका छन् ।

पार्टीको नगर सचिव पदका लागि यस अघि ४ जनाको नाम चर्चामा आएको छ । हरि कार्की, बुद्ध तिवारी, हस्त आङ्देम्बे र रोशन खड्काले सचिवमा उम्मेद्वारी दिने तयारी गरिरहेका थिए । पार्टी स्रोतका अनुसार सहमतिका लागि कार्कीलाई क्षेत्रीय प्रतिनिधिसहित सदस्यमा लैजाने तयारी गरिएको छ भने खड्कालाई कुनै ठाउँमा स्थान दिने बताइएको छ । ‘हामी सबै पदमा सर्वसम्मत गरेर नयाँ सन्देश दिनेछौँ’ नेता विश्वप्रकाश शर्माले भने – ‘सचिव लगायत अन्य पदहरूमा २४ घण्टाभित्र सर्वसम्मत गरेर आम कार्यकर्तामा सुखद समाचार दिनेछौँ ।’
पार्टीको नगर कोषाध्यक्ष पदमा बाबुराम विष्ट र प्रकाश सुब्बाले उम्मेद्वारी दिने घोषणा गरेका छन् । नगर सदस्यका लागि जानुका ओली, सुभाष गुरूङ, चन्दन गौतम, अजय घिमिरे, शशी राई, गङ्गा कोइराला, यज्ञनिधि न्यौपाने, विजु राई, चन्द्रप्रसाद ओली, कविता अर्याल, टिकाराम धमला, सीता कार्की, टिकादत्त कार्की, धनमाया वन, नकुल राजवंशी र धर्मराज घिमिरेले उम्मेद्वारी घोषणा गरेका छन् ।
विधान अनुसार ८ जना कार्य समिति सदस्य निर्वाचित हुने छन् ।

क्षेत्रीय सभापति मणिकुमार उप्रेतीको सभापतित्वमा भएको भेलामा नेताहरू विश्वप्रकाश शर्मा, तमर राई, राम कट्टेल, टेकबहादुर लिम्बू, गोपाल तामाङ, दुर्गा खतिवडा, डम्बरकुमार थापा, गङ्गा सङ्ग्रौला, याम भण्डारी, प्रेम सम्बाहाम्फेलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: