मेचीनगरमा काङ्ग्रेसको विजय र्याली

  प्रकाशित मिति
२४ असार २०७४, शनिबार २३:२९


bimal dai 2मेचीनगर । नेपाली काङ्ग्रेसले मेचीनगरको निर्वाचनमा मेयर लगायत वडा अध्यक्ष पदमा ऐतिहासिक विजय प्राप्त गरेपछि शनिवार विजयोत्सव मनाएको छ ।
काङ्ग्रेसले पार्टीका तर्फबाट उम्मेद्वार बनेकाहरुमध्ये मेयरमा विमल आचार्यसहित ७ वटा वडाध्यक्षलगायतको पद जितेको थियो ।

नवनिर्वाचित मेयर बिमल आचार्य लगायत काङ्ग्रेसबाट विजयी भएको टोलीलाई कारको अग्रभागमा राखी शनिबार विहान इट्टाभट्टास्थित स्वास्थ्य महोत्सवस्थलबाट प्रारम्भ भएको बिजयी र्यालीले धुलाबारी हँुदै खुट्टिडाँगी, मेचीनगरको ढाँट, मङ्गलादेबी मार्ग, धाइजन चोक, चारआली चोक, दुवागढी, खयरडाँगी, ज्यामिरगढी, दोकान डाँडा, भृकुटी चोक, गाडागल्ली, मेची डाँगी, बाहुनडाँगी चोक, नकलबन्दा, काँकरभिट्टा बजार परिक्रमा गरेको थियो ।

र्यालीको अग्रभागमा रहेको कारमा निर्वाचित टोलीसँगै नेपाली काङ्ग्रेसका नेताहरु थिए । र्यालीमा सहभागी काङ्ग्रेस कार्यकर्ता तथा सर्वसाधारणहरुले नवनिर्वाचित मेयर तथा वडाध्यक्षहरुसँग खुशीयाली साटासाट गरेका थिए ।

bimal dai 1सो अवसरमा पार्टीका केन्द्रीय सदस्य विश्वप्रकाक शर्मा, सांसद उषा गुरुङ, जिल्ला उपाध्यक्ष राम कटेट्ल, जिल्ला सचिव प्रेम सम्वाहाम्फे, क्षेत्रीय सभापति मणिकुमार उप्रेती, तरुण दलका जिल्ला सभापति गोपाल तामाङ लगायतको उपस्थिति रहेको थियो ।

र्यालीमा हजारौँ कार्यकर्ता तथा समर्थक सहभागी थिए । कार, जीप, बस, ट्याम्पो र मोटरसााइकलमा सवार सहभागीहरुले हात हातमा चारतारे झण्डा बोकेका थिए भने पार्टीको चुनाव चिह्न अङ्कित भेस्ट र क्याप लगाएका थिए ।

निर्वाचित मेयर विमल आचार्य लगायतको टोलीलाई र्यालीका क्रममा ठाउँठाउँमा सर्वसाधारणले फुलमाला र अबिर लगाएर बधाइ दिएका थिए ।
विहान ११ बजे सुरु र्याली बेलुका ७ बजे मात्र समापन भएको थियो । र्यालीका सहभागीहरु बर्षामा रुझ्नु पर्दा पनि विचलित देखिएका थिएनन् ।

bimal dai 9 bimal dai 3 bimal dai 4 bimal dai 5 bimal dai 6 bimal dai 7 bimal dai 8

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: