मेचीनगर । कृषि राज्यमन्त्री सरिता प्रसाईँले देशको अर्थतन्त्रमा विकास पुर्याउन महोत्सवले निक्कै टेवा पुग्ने बताइन् ।
राज्यमन्त्री प्रसाईले आजदेखि मेचीनगरमा सुरु भएको कृषि तथा पर्यटन महोत्सवमा त्यस्तो बताइन्
मन्त्री प्रसाईँले अब परम्परागत कृषि प्रणालीबाट माथि उठेर निर्वाहमुखी कृषि प्रणाली गर्न आवश्यक रहेको बताइन् ।
‘आर्थिक समृद्धिको आधार, कृषि पर्यटन व्यवसायमा सुधार’ भन्ने मुख्यः उदघोषका साथ झापाको मेचीनगरमा तीन दिने क्षेत्रीय स्तरीय कृषि तथा पर्यटन महोत्सव शुरु भएको छ ।
महोत्सव मेची कृषक बहुमुखी सहकारी संस्था मेचीनगरले महोत्सव आयोजना गरेको हो ।
अध्यक्ष तुलसीराम पौडेलको सभापतित्वमा भएको उद्घाटन समारोहमा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेतीलगायतले बोलेका थिए । सचिव हरि बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले गरेका थिए ।
महोत्सवमा अधिकांश स्टल कृषि सम्बन्धि रहेका छन् । विभिन्न कृषि उपज, कृषि औजार, निःशुल्क माटो परीक्षण, प्राङ्गरिक मल, परम्परागत विभिन्न खानाका परिकारसहितका ३० वटा स्टलहरु राखिएको छ ।