मेचीनगरमा चरा अध्यययनका लागि पहिलोपटक बजेट

  प्रकाशित मिति
१६ श्रावण २०७९, सोमबार २०:४९


मेचीनगर, १६ साउन । नेपालमै पहिलोपल्ट पालिकास्तरमा  पंक्षी अध्ययनका लागि मेचीनगर नगरपालिकाले बजेटको व्यवस्था गरेको छ ।

आव २०७९/०८० को मेचीनगर नगरपालिकाको बजेटमा बन तथा वातावरण संरक्षण अन्तर्गत पंक्षी अध्यययन प्रोत्साहन कार्यक्रममा दुई लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

नेपालको संरक्षित क्षेत्रबाहेक मेचीनगर नेपालकै सबैभन्दा बढी चरा पाइने पालिका भएको चरा खोजकर्ता देबेन्द्र खरेलले बताउने गरेका छन् ।

उनले स्थानीय चुनावबाट नयाँ नगर नेतृत्व निर्वाचित भएपछि मेचीनगरलाई चरा संरक्षित क्षेत्र र चरा मार्न निषेधित क्षेत्र घोषणा गर्न माग गर्दै आएका छन् ।

नेकपा एमालेले स्थानीय चुनावमा जारी गरेको घोषणा पत्रमा समेत मेचीनगरमा चरा पर्यटन विस्तार र चरा संरक्षणका लागि अनुसन्धान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: