मेचीनगर । मेचीनगरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मेचीनगर–१ स्थित देवी आधारतभुत विद्यालयको क्वारेन्टिनमा बसेका १८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
भारतको चेन्नईबाट गत जेठ २७ गते काँकरभिट्टा भित्रिएका उनको यहि असार ८ गते पीसीआरको नमुना संकलन गरिएको थियो ।
शुक्रबार उनको पीसीआरको परीक्षणको रिपोर्ट पोजेटिभ आएको मेचीनगरको स्वास्थ्य टोलीले जनाएको छ ।
योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।