मेचीनगर । मेचीनगरमा थप २ जनामा कोरोना संक्रमण फेला परेको छ ।
उच्च श्रोतका अनुसार मेचीनगर–६ र ५ नम्बर वडाका दुई जना पुरुषमा कोरोना संक्रमण फेला परेको हो ।
उनीहरु दुवै जना भारतबाट आएको बुझिएको छ ।
मेचीनगर–६ का ३३ वर्षीय पुरुष भारतको युपिबाट गत जेठ ३० गते काँकरभिट्टा भित्रिएका हुन् ।
त्यस्तै ५ नम्बर वडाको बालकल्याण माविको क्वारेन्टिनमा बसेका ३० वर्षीय पुरुष पनि भारतबाट आएको श्रोतले जनाएको छ ।
दुवै जनाको असार ३ गते पीसीआर परीक्षण गरिएको थियो । आइतबार पीसीआरको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।
उनीहरुको ४ वजे स्वास्थ्य मन्त्रालयले कोरोना पोजेटिभ भएको पुष्टि गर्नेछ । योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।