मेचीनगरमा थप ७ जनामा कोरोना पुष्टि

  प्रकाशित मिति
१७ असार २०७७, बुधबार १६:४१


मेचीनगर । बुधबार मेचीनगरमा एकैदिन ७ जना कोरोना संक्रमित थपिएका छन् ।

मेचीनगर–५ का ४ जना, मेचीनगर–११ का १ जना र मेचीनगर–१० का २ जना कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमित ७ जनामध्ये ६ जना महिला र १ जना १३ वर्षका बालक छन् । सातै जना संक्रमितहरु धुलाबारी स्थित अतिथि सदनको क्वारेन्टिनमा बसेका थिए ।

सात जनामध्ये ४ जना मेचीनगर–५ का घिमिरे परिवारका सदस्य छन् ।

१४ दिनअघि क्वारन्टिनमा बसेका उनीहरुको असार १४ गते पीसीआरको नमुना संकलन गरिएको थियो ।

बुधबार सातै जनाकोे पीसीआरको रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरुको रिपोर्ट स्वास्थ्य मन्त्रालयले अहिले पुष्टि गर्दैछ ।

योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: