मेचीनगरमा दधिकादोको उल्लास (हेर्नुहोस् फोटोहरु)

  प्रकाशित मिति
१५ भाद्र २०७८, मंगलवार २१:४०


।। देवेन्द्र खरेल ।।
मेचीनगर, १५ भदौ । मेचीनगरका आदिबासी राजबंशी युवाहरुले आज श्रीकृष्णप्रति भक्तिभावसहित दधिकादो पर्व धुमधामसँग मनाएका छन् ।

मेचीनगर–७ मदनबस्तीका युवाले यस अवसरमा खेलको आयोजना गरी बासको टुप्पोमा बाँधिएको नरिबल र पैसा झिक्ने प्रतियोगिता सम्पन्न गरे ।

आदिवासी राजवंशी समुदायमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट दधिकादो पर्व मनाइन्छ । दधि भनेको दही र कादो भनेको हिलो हो ।

खेलमा मेचीनगर–७ का देबलाल राजबंशी पहिलो, भारत पश्चिम बंगालका नाम नखुलेका एक पाहुना युवा दोस्रो र मेचीनगर–७ कै पिन्टुशील शर्मा तेस्रो भई पुरस्कृत भएका थिए ।

युवाहरुले हिलो भएको स्थानमा अग्लो बासको टुप्पोमा नगद र नरिवल कपडामा बाँधेर राखेका थिए । सो बास चढेर नरिवल र नगद हात पार्ने प्रतिष्पर्धा भएको थियो ।

स्थानीय युवा पुनलाल राजवंशीले चलिआएको परम्परालाई जोगाउन कार्यक्रम गरिएको बताए । अर्का युवा उत्तम राजवंशीले हिलो खेल्ने कार्य स्वस्थवर्धक भएको बताए ।

(सबै तस्वीर देवेन्द्र खरेल । फोटो अनाधिकृत रुपमा कसैले प्रयोग गरेमा कपिराइट कानुन आकर्षित हुनसक्छ ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: