मेचीनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

  प्रकाशित मिति
२० आश्विन २०७९, बिहीबार १४:२७


झापा क्षेत्र नं. १ मा खटिएका निर्वाचन अधिकृत टंकबहादुर महत ।


काँकरभिट्टा, २० असोज । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचन सम्बन्धि सम्पूर्ण कार्यहरु सम्पन्न गराउँन विहीबारदेखि मेचीनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

ईटाभट्टा स्थित मेचीनगर नगरपालिकाको भवनमा निर्वाचन अधिकृतको कार्यालय १ नम्बर प्रदेश झापा प्रतिनिधि सभा क्षेत्र नम्बर १ स्थापनाको साइनबोर्ड राख्दै निर्वाचन अधिकृत टंकबहादुर महतले प्रतिनिधि सभा सदस्य तथा प्रदेस सभा सदस्य पदको निर्वाचन सम्बन्धि तोकिए बमोजिमका सम्पूर्ण कार्यहरु सम्पन्न गराउन आजैबाट कार्यालय सञ्चालनमा आएको बताए ।

झापा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव गराउन ९ जना कर्मचारीको टोली खटिएको उनले जानकारी दिए ।

आज स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा नगरका सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

निर्वाचन आयोगले आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि ५ वटा निर्वाचन क्षेत्र रहेको झापाको मुख्य निर्वाचन अधिृकत तोकिसकेको छ । क्षेत्र नम्बर ३ मा निर्वाचन अधिृकत तथा मुख्य निर्वाचन अधिृकत रहने गरी यसअघि नै जिल्ला अदालत झापाका मुख्य न्यायाधिश चन्द्रमणि ज्ञवालीलाई नियुक्त गरेको छ ।

निर्वाचन अधिकृत महतले प्रतिनिधि सभा झापा क्षेत्र नम्बर १ र सोही क्षेत्रको प्रदेश ‘क’ र ‘ख’ को समेत सोहि कार्यालयबाट जिम्मेवारी बहन गर्नेछन् । यहि असोज २३ गते उम्मेद्वार मनोनयन पत्र दर्ताको समय रहेको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम निर्वाचनमा सम्पन्न गर्नु पर्ने काम गर्न वा गराउँनका लागि प्रत्येक जिल्लामा आयोगले एक जना मुख्य निर्वाचन अधिृकत र प्रत्येक क्षेत्रमा एकजना निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्था भए अनुसार नियुक्त भएकोले विहीबारबाट निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन सम्बन्धि कामको सुरुवात गरिएको महतले बताए ।

निर्वाचन आयोगले यहि असो १५ गतेदेखि २० गतेभित्र निर्वाचन अधिृकत तथा मुख्य निर्वाचन अधिृकत को कार्यालय स्थापना गरिसक्न निर्देशन दिएको थियो । सोहि बमोजिम आजै झापाको कनकाई, दमक, अर्जुनधारा र मेचीनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको महतको भनाई छ ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: