मेचीनगरमा नेकपाको पहिलो शपथ

  प्रकाशित मिति
१६ चैत्र २०७५, शनिबार २२:५८


मेचीनगर । मेचीनगरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नगर तथा वडाका नवनियुक्त पदाधिकारीहरुले शुक्रवार एउटै कार्यक्रममा शपथग्रहण गरेका छन् ।

साविक नेकपा एमाले र नेकपा माओबादी केन्द्रविच एकीकरणपछि नगर र वडा तहमा शपथग्रहण कार्यक्रम १ नं. प्रदेशमै यहाँ पहिलोपल्ट सम्पन्न भएको हो ।
धुलावारीको पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठानको हलमा शपथग्रहण कार्यक्रम आयोजना गरिएको थियो ।

नगर कमिटीका अध्यक्ष माधव अर्याल र सचिव राजु पोखरेलसहित ८१ जनाले सुरुमा र अर्को खेपमा नगरका १५÷१५ जना वडा अध्यक्ष र सचिवसहित ४ सय ३५ जना पदाधिकारीले शपथ लिएका थिए ।

शपथग्रहण समारोहमा केन्द्र, प्रदेश र जिल्लाका पार्टी नेताहरुको बाक्लो उपस्थिति थियो ।

केन्द्रीय सदस्य एवम् सङ्घीय सांसद् राम कार्की प्रमुख अतिथि र केन्द्रीय सदस्यहरु नरेश खरेल, रविन कोइराला र देबेन्द्र दाहाल लगायतका नेताहरु अतिथि रहेको सो कार्यक्रममा झलकसिंह दर्लामी, चिन्तन पाठक, राजु आचार्य, गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, कुमारी मेचे, विष्णु प्रसाई, विजय साम्पाङ, रोशन कन्दङ्वा र मीना उप्रेतीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नवनियुक्त पदाधिकारीहरुको नाम घोषणा पार्टी एकीकरण जिल्ला कार्यदलका राजु आचार्यले गरेका थिए भने कार्यदलकै सदस्य रविन कोइरालाले शपथग्रहण गराएका थिए ।

श्यामवीर लिम्बुले कार्यक्रमको अध्यक्षता र देबकुमार राईले उद्घोषण गरेका थिए ।

एकीकरणपछिको नगर र वडा कमिटीले नेकपाको सङ्गठनलाई चलायमान बनाउने र त्यसको छनक केही अवधिमै पाउन सकिने मेचीनगरका अध्यक्ष माधव अर्यालले बताएका छन् ।

नगर अध्यक्ष अर्याल साविक नेकपा माओबादी केन्द्रका नेता हुन् भने सचिव राजु पोखरेल साविक नेकपा एमालेका नेता हुन् ।
नगर कमिटीमा एमालेबाट ४९ र माओबादीबाट ३२ जना रहेका छन् भने १५ वडाध्यक्षमा ९ जना एमालेका र ६ जना माओबादीका छन् ।

मेचीनगरमा साविक माओबादीभन्दा एमाले निकै बलियो अवस्थामा थियो । तर एकीकरणमा भागवण्डा गर्दा यो नगर साविक माओबादीको पोल्टामा पर्यो ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
…………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: