मेचीनगरमा एमालेको जीतको लहर

  प्रकाशित मिति
१९ असार २०७४, सोमबार १०:५७


19598537_1329935247113880_4876958283910189369_n

मेचीनगर । मेचीनगर नगरपालिकाको वडामा नेकपा एमालेको जितको लहर चलेको छ ।

४ वटा वडाको प्रारम्मिक नजिता सार्वजनिक हुँदा नेकपा एमालले ३ वटा वडामा विजयी हासिल गरिसकेको छ भने नेपाली काङ्ग्रेसले एउटा वडामा मात्र चित्त बुझाउनु परेको छ ।

आज विहान मात्र आएको परिणाम अनुसार वडा नम्वर–२ मा पनि नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।
वडाअध्यक्षमा एमालेका तिलक न्यौपाने १ हजार ११८ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमेरद्वारले ८१२ र माओवादी केन्द्रका उमेरद्वारले ६१३ मत प्राप्त गरेका थिए ।

त्यस्तै महिला सदस्यमा गंगा कार्कीले १ हजार १२८, दलित महिला सदस्यमा सिता मोतेले १ हजार २०० मत प्राप्त गरी जित हासिल गरेका छन् ।

त्यसैगरी, खुल्ला सदस्यतर्फ एमालेका वेनुप राईले १ हजार १३१ मत र सुरेश धिमिरेले १ हजार ४९ मत प्राप्त गरी प्यानलै विजय भएको हुन् ।

वडा नंं. १ र १४ मा एमाले यस अघि नै जित हासिल गरिसकेको हो । त्यसैगरी, वडा नम्बर तीनमा पनि नेकपा एमालेका अध्यक्ष हर्क बस्नेतले ५०० मतले लिड गरिरहेको नेकपा एमालेका क्षेत्रीय अध्यक्ष अर्जुन पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: