मेचीनगरमा पहिलो कोरोना पुष्टि

  प्रकाशित मिति
२६ जेष्ठ २०७७, सोमबार १६:५२


मेचीनगर, २६ जेठ । मेचीनगरमा पहिलो कोरोना पुष्टि भएको छ ।

मेचीनगर-४ का २९ वर्षीय पुरुषमा आज कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

सात दिन अघि भारतको दिल्लीबाट घर आई पशुपति मावि क्वारेन्टाइनमा बसेका ती व्यक्तिको पीसीआर टेस्ट दुई दिन अघि गरिएको थियो । आज परीक्षणको पोजेटिभ रिपोर्ट आएको हो ।

आज आएको रिपोर्ट अनुसार झापामा दश जनामा कोरोना संक्रमण थपिएको छ । जसमा मेचीनगरमा एक, हल्दिबारीमा २ र गौरीगञ्जमा ७ जना रहेका छन् ।

हल्दिबारीको वडा नं. २ मा एक र पाँचथरबाट आइबसेका एक व्यक्तिमा कोरोना पुष्टि भएको हो । गौरीगञ्जमा कोरोना पुष्टि भएका सातै जना वडा नं. ५ का हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: