मेचीनगरमा पौने ३ करोडको ढुङ्गागिटी उत्खनन तयारी

  प्रकाशित मिति
९ भाद्र २०७५, शनिबार ०९:५९


इटाभट्टा ÷ मेचीनगर नगरपालिकाले यसै वर्षदेखि नगरका खोलानालाको २३ वटा घाटबाट २ करोड ७५ लाख ८६ हजार ८ सय ४२ रुपैयाँ बराबरको ढुङ्गागिटी उत्खनन गर्ने तयारी गरेको छ ।

नदीजन्य सामग्री उत्खनन गर्नु अघि नदीको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्नु पर्ने व्यवस्था छ ।

स्थानीय सरकार सञ्चालन भएपछि मेचीनगरले पहिलो पल्ट यसै वर्षदेखि खोलाको ढुङ्गागिटी आफै उत्खनन गर्ने भएको हो ।

नगरपालिकाले नगर क्षेत्र भएर बग्ने विभिन्न नदीहरुको गरेको प्रारम्भिक इआइए प्रतिवेदन शुक्रवार सार्वजनिक गरेको छ ।

सो प्रतिवेदनले नगरका नदीहरुको २३ घाटमा उत्खनन गर्न सकिने जनाएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा ३ लाख ३२ हजार १ सय ९० घन मिटर नदीजन्य सामग्री उत्खनन गर्न सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकामा शुक्रबार सो सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको थियो ।
भूगर्भविद् यदु तिम्सिनाले नगरका नदीहरुबाट निकाल्न सकिने ढुङ्गा, गिटी, बालुवा आदिको विवरण कार्यक्रममा प्रस्तुत गरेका थिए ।

उनले प्रस्तुत गरेको प्रारम्भिक प्रतिवेदनमा नदीजन्य वस्तुको उत्खननबाट नगरले २ करोड ७५ लाख ८६ हजार ८ सय ४२ रुपैयाँ राजस्व सङ्कलन गर्नुपर्ने उल्लेख छ । सवैभन्दा बढी निन्दा खोलाबाट उत्खनन सम्भावना देखिएको छ ।

निन्दाका १३ वटा घाटबाट १ करोड ५७ लाख ७२ हजार ५ सय ६२ रुपैयाँ मूल्य बराबरका १ लाख ९८ हजार ५ सय घन मिटर नदीजन्य वस्तु वार्षिकरुपमा उत्खनन गर्न सकिने छ ।

मेची नदीका ६ वटा घाटबाट वार्षिक रुपमा ६५ लाख ५२ हजार ९ सय १९ रुपैयाँ मूल्य बराबरका ६७ हजार ४ सय ७५ घन मिटर र हडिया खोलाका ३ वटा घाटबाट ८ लाख ११ हजार ६ सय ७१ रुपैयाँ मूल्य बराबरका १० हजार २ सय १५ नदीजन्य वस्तु उत्खनन गर्न सकिने प्रतिवेदनमा जनाइएको छ ।

यसैगरी, टिमाई खोलाबाट ४४ लाख ४९ हजार ६ सय ९० रुपैयाँ मूल्य बराबरको ५६ हजार घन मिटर नदीजन्य वस्तु वार्षिकरुपमा उत्खनन गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: