मेचीनगरमा प्रज्ञा प्रतिष्ठान स्थापनाको तयारी

  प्रकाशित मिति
८ श्रावण २०७८, शुक्रबार १४:५४


 

मेचीनगर, ८ साउन । मेचीनगर नगरपालिकाले मेचीनगरमा नेपाल प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको छ ।
मेचीनगर नगरपालिकाको यहि असार १० देखि २५ गते सम्पन्न आठौँ नगरसभाले मेचीनगरमा नै नेपाल प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्तीका अनुसार केन्द्रमा जसरी नेपाल प्रज्ञा प्रतिष्ठान स्थापना भएको छ, यहाँ त्यसरी नै प्रज्ञा प्रतिष्ठान स्थापना हुन्छ ।

उनले केन्द्रमा जस्तो छ, त्यसरी नै स्थानीय सरकारले अब आफ्नै नगरमा प्रज्ञा प्रतिष्ठान स्थापना गर्न सक्ने आठौँ नगरसभाले निर्णय गरेको बताए ।

नगरभित्र छरिएर रहेका प्रतिष्ठानहरुले मेचीनगर प्रज्ञा प्रतिष्ठानमा आवद्व हुनुपर्ने कानूनी व्यवस्था रहेको वस्तीको भनाइ छ ।

प्रज्ञा प्रतिष्ठान स्थापनाका लागि त्यसको कार्यविधि, नियम, कानूनका विषयमा तयारी भईरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: