मेचीनगरमा बराल र पनेरुले छाड्न मानेनन्, सहमतिको प्रयास जारी

  प्रकाशित मिति
९ आश्विन २०७८, शनिबार १०:५६


पुष्प कार्की, योगराज थापा, सुरेन्द्र बुढाथोकी, धनकाजी काजी र नविन बराल ।

मेचीनगर, ९ असोज । नेपाली कांग्रेसको पालिका तहको निर्वाचन आज देशभर हुँदैछ । झापा गाउँपालिका बाहेक झापाका अरु १४ पालिकामा नगर नेतृत्वका लागि सहमतिको प्रयास सफल हुन सकेको छैन ।

मेचीनगरमा नगर सभापतिका लागि ६ जना आकांक्षी भए तापनि आज उम्मेदवारी दर्ता दुई जनाले मात्र गर्ने सम्भावना छ ।

सुदय पनेरु ।

वडा नं. ४ र १० का वडाध्यक्षहरु नविन बराल र सुदय पनेरुले आज सभापति पदमा उम्मेद्वारी दर्ता गर्ने भएका छन् ।

अरु आकांक्षीहरु धनकाजी खत्री र योगेन थापा मगरलाई उपसभापति पदमा जान उनीहरुभन्दा माथिको नेतृत्वले मनाएका छन् भने पुष्प कार्की र सुरेन्द्र बुढाथोकीलाई क्षेत्रीय समितिमा लैजान पहल गरिने भएको बुझिएको छ ।

बराल र पनेरुबीच सहमति कायम गरेर निर्विरोध सभापति चयन गर्नका लागि पार्टीको उपल्लो नेतृत्व समेत जोडबल गरिरहेको बुझिएको छ । तर, दुबै जनाले दावी छाड्न चाहेका छैनन् ।

‘उम्मेद्वारी दर्ता हुने नै भयो,’ सहमतिका लागि प्रयासरत् एक नेताले भने– ‘उम्मेद्वारी फिर्ता लिने समय पनि हुन्छ, त्यसबेलासम्म हामी जोडबल गरिरहने छौं, हेरौ के हुन्छ ।’

मेचीनगरको अधिवेसन धुलावारीमा हुने भएको छ । अधिवेसनस्थलमा निर्वाचन टोली, नेता तथा कार्यकर्ताको भीड लाग्न थालिसकेको छ ।

मतदान अधिकृत ज्ञानेन्द्र निरौलाले मतदाताको सूची प्रकाशन, उम्मेद्वारको मनोनयन, दावी विरोध र उम्मेद्वारी फिर्ता र अन्तिम नाम प्रकाशन आजै हुने बताए ।

झापा गाउँपालिकामा भने सागिरथ गणेशको नेतृत्वमा पुरै गाउँ कार्यसमिति सर्वसम्मत चयन हुने भएको छ ।

उम्मेद्वार दर्ताको औपचारिकता पूरा गरेर आजै त्यहाँ निर्विरोध निर्वाचित भएको घोषणा हुने भएको छ ।

आज ६० जिल्लामा अधिवेसन

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज ६० भन्दा बढी जिल्लामा गाउँ ÷ नगर पालिकास्तरीय अधिवेशन हुँदैछ ।
क्रियाशील सदस्यता टुंगो लाग्न बाँकी १३ जिल्ला र केही प्राविधिक कारणले अर्को मिति तोकिएका बाहेकका जिल्लामा आज पालिका अधिवेशन हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

मेचीनगरमा आज विहान १० बजेदेखि निर्वाचन कार्यक्रम सुरु भएको छ ।

आज हुने अधिवेशनमा यसअघि वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरु मतदाता हुनेछन् । उनीहरु गाउँ ÷ नगर कार्यसमिति चयनका लागि मतदान गर्नेछन् । कांग्रेसको विधान अनुसार सभापति, २ उपसभापति, २ सचिव र २ सह सचिवसहित सदस्यहरु आजको निर्वाचनबाट चुनिनेछन् ।

निर्वाचित सदस्यहरु मध्येबाट सभापतिले कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था रहेको छ ।

निर्वाचन कार्यतालिका अनुसार ९ गते विहान १० बजे मतदाता नामावली प्रकाशन, १२ देखि २ बजेसम्म उम्मेद्वारी दर्ता, २ बजेदेखि २ः३० उम्मेद्वारमाथी दावीविरोध, उम्मेद्वारको नामावली प्रकाशन ३ बजे, उम्मेद्वारी फिर्ता ३ बजेदेखि ६ बजेसम्म अन्तिम नामावली प्रकाशन ६ः३० बजे तय गरिएको छ ।

यसैगरी असोज १० गते विहान ८ बजेदेखि १ बजेसम्म मतदान र मतदान सम्पन्न भएलगत्तै मतगणनाको समयतालिका तय गरिएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: