मेचीनगरमा बल्ल गणना सुरु

  प्रकाशित मिति
१५ असार २०७४, बिहीबार १३:०६


gadana 1मेचीनगर, १५ असार । झापाको सबैभन्दा ठूलो नगरपालिका मेचीनगरमा अहिले भर्खर मतगणना सुरु भएको छ ।

मेचीनगर नगरपालिका कार्यालयको सबैभन्दा माथ्लो तलाको हलमा निर्वाचन आयोगका कर्मचारी, दल तथा स्वतन्त्र उम्मेद्वारका प्रतिनिधिहरु, सुरक्षाकर्मी, पत्रकार लगायतको रोहवरमा मध्यान्ह १२ ः १० बजे गणना प्रक्रिया सुरु गरिएको हो ।

मेचीनगरको वडा नं. १ बाट गणना कार्य सुरु गरिएको छ । वडाभित्रका सबै मतदान केन्द्रबाट ल्याइएका मतपेटिकाहरु एकै ठाउँ खन्याएर गणना सुरु गरिएको हो ।

मतपेटिका बाकसको सिल खोल्नु र बाकसबाट मतपत्रहरु भुइँमा खन्याउनु अघि आयोगका कर्मचारी र सुरक्षाकर्मीहरुले त्यहाँ उपस्थित दल तथा स्वतन्त्र उम्मेद्वारहरुका प्रतिनिधिलाई मतपेटिका देखाएका थिए ।

gadana 2खन्याइएका सबै मतपत्र पट्याएर मात्र कसको कति मत आयो भन्ने हेरिने भएको छ । एक सय मत गणना भए लगत्तै त्यसको परिणाम सार्वजनिक गरिने बताइएको छ ।

गणनास्थलमा निर्वाचन अधिकृत इन्दिरा शर्मा, मेचीनगर नगरपालिका कार्यालयका कार्यकारी अधिकृत पशुपति खतिवडा, सशस्त्र नायव प्रहरी उपरीक्षक बासुदेव लोहनी, नेपाल प्रहरीका नायव प्रहरी उपरीक्षक दुर्गा रेग्मी लगायतको उपस्थिति रहेको छ ।

पत्रकारहरुलाई गणना सुरुवातको तस्वीर खिच्न दिइएको छ भने त्यसपछि बाहिर जान सुरक्षाकर्मीहरुले आग्रह गरेका छन् । तर दलका प्रतिनिधिहरुले भने पत्रकारहरुलाई समेत गणनास्थलमा पर्यवेक्षण गर्न दिइनु पर्ने माग गरेका छन् ।

गणना कार्यमा नेकपा एमालेबाट डिल्लीराम घिमिरे, नेपाली काङ्ग्रेसबाट रमेश दाहाल, माओबादी केन्द्रबाट नरेन्द्र मेचे, राप्रपाबाट सुशिल आचार्य, नयाँ शक्ति पार्टीबाट नरेश लावती लगायतले दलको नेतृत्व गरिरहेका छन् ।

gadana 3आज विहान ८ बजे गणना सुरु गर्ने भनिए पनि विहान बसेको सर्वदलीय बैठकले ११ बजे मात्र सुरु गर्ने निर्णय गरेको थियो ।
तर ११ बजे गणना प्रक्रिया सुरु गर्न लाग्दा दलका प्रतिनिधिहरुले मतपेटिकाको मुचुल्का हेर्न खोज्दा आयोगले देखाउन सकेन । त्यहीकारणले एक घण्टासम्म ढिलाई भएको हो ।

एक घण्टापछि निर्वाचन अधिकृत इन्दिरा शर्माले मतपेटिकाको मुचुल्का देखाए पछि १२ ः १० बजे मात्र दलहरु सन्तुष्ट भएर गणना सुरु गर्न राजी भएका थिए ।
मेचीनगरमा बुधवार भएको स्थानीय तहको निर्वाचनमा ७३.८८ प्रतिशत मत खसेको निर्वाचन छ ।

मेचीनगरमा ७२ हजार ७ सय ९४ मतदाता रहेका छन् भने ५३ हजार ७ सय ८२ जनाले मतदान गरेको आयोगको भनाइ छ ।
…………………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: