को बन्ला मेचीनगरको मेयर ?

  प्रकाशित मिति
२० असार २०७४, मंगलवार ११:१९


gyanendra

असार १४ मा भएको स्थानीय तहको निर्वाचनको मत गणना यति बेला जारी छ । देश भरका ३५ जिल्लाका ३३४ वटा तहमा मतगणना हुँदै गर्दा २०० भन्दा बढीको परिणाम नै सार्वजनिक भैसकेको छ ।

झापामा पनि १५ वटा तहमा मतगणना जारी छ । झापाका २ तहका राप्रपाले जित निकालेको छ भने अन्य १३ वटा तहमा मत गणना जारी हुँदा मिश्रीत अग्रता छ । झापा भित्र पनि सबैभन्दा ठुलो भुगोल र जनसंख्या भएको मेचीनगरको मतगणनामा सबैको ध्यान केन्द्रीत छ । मेचीनगरमा काँग्रेस र एमाले बिच नजीकको प्रतिस्पर्धा भैरहेको छ । १५ वटा वडा मध्ये ६ वटा वडा गणना भईसक्दा प्रमुख पदमा एमालेका बिष्णु प्रसाईले काँग्रेसका बिमल आचार्यलाई करीब ६०० मतले पछि पारेका छन । त्यति मात्र होईन ६ मध्ये पाँच वडामा एमालेले आफ्नो बर्चस्व कायम गरेको छ भने एउटा वडामा मात्र काँग्रेसले झिनो मतान्तरले जित निकालेको छ ।

५३ हजार भन्दा बढी मत खसेको मेचीनगरको जारी गणना हेर्दा एमालेका बिष्णु प्रसाईले काँग्रेसका बिमल आचार्यलाई सजिलै हराउने अवस्था देखिन्छ तर वास्तविकता अलि फरक छ । गणना भईसकेका वडाहरुमा साविकका बाँहुण्डागी, ज्यामिरगढी र दुवागढी छन । यी वडाहरु तुलनात्मक रुपमा एमालेको बलियो क्षेत्र मानिन्छ तर मेचीनगर वडा नं। ६ काकरभिट्टा क्षेत्र काँग्रेसका प्रमुख पदका उम्मेद्वार आचार्यको घर भएको वडा हो भने मेचीनगनर वडा नं। ११ एमालेका प्रमुख पदका उम्मेद्वार प्रसाईको घर भएको वडा हो ।

दुवै उम्मेद्वार आफ्ना वडामा निक्कै प्रभावशाली छन । आफ्नो वडामा तुलनात्मक रुपमा बढी मत प्राप्त गर्ने आकंलन गर्न सकिने अवस्था छ दुवैको । त्यो संगसंगै वडा नंं ९ र १० मा काँग्रेसको राम्रो पकड देखीन्छ भने वडा नं। ७ र ८ मा एमालेको पकड बलियो देखिन्छ । यसरी हेर्दा मेचीनगरको प्रमुखमा कडा टक्कर हुने निश्चित देखिन्छ । झापाका सबै भन्दा महत्वको नगर मानिएको पुर्वी सिमानाको शहर मेचीनगरको बागडोर कस्ले समात्ला भन्ने चासो मतगणनासंगै बढीरहेको छ । खास गरी प्रसाई र आचार्यमा फरक आ आफ्ना वडाको मतदाता संख्या नै हो । काँग्रेसका आचार्यको घर भएको वडा नं। ६ नगरकै सबैभन्दा बढी मत भएको वडा हो जहाँबाट ६ हजार ६ सय भन्दा बढी मत खसेको छ भने एमालेका प्रसाईको घर भएको वडा नं। ११ नगर कै सबैभन्दा कम मत भएको वडामा पर्छ । वडा नं। ११ बाट २ हजार ३ सय मात्र मत खसेको छ । यो एउटै मात्र कारणले आज हारजितको टक्कर देखिन्छ । यस्तो अवस्था हुदैंनथ्यो भने एमालेका प्रसाईले काँग्रेसका आचार्यलाई धेरैले पछि पार्थे होला । प्रसाईको वडा सानो भए पनि बिगत देखी नै एमालेको भोट बैंक भनेर चिनिएको साबिक बाहुण्डागीले यसपाली पनि एमालेलाई गतिलै साथ दियो । वाहुण्डागी कै कारण आज एमालेको अग्रता फराकिलो छ ।

१५ वडा रहेको मेचीनगरमा काँग्रेसको राजनिति जम्मा ४ वटा वडाले मात्रै थामेको रहेछ भन्ने आकंलन मत गणना पुरा नहुँदै सहजै आँकलन गर्न सकिन्छ । काँग्रेसका लागि वडा नंं ६, ९, १० र १५ सञ्जिवनी बुटी झैं भएको छ । यही कारण हो मत गणनामा ६ सय मतले पछि पर्दा पनि काँग्रेसीहरुको अनुहारमा अझै आशा मरेको छैन र एक स्वरमा भनिरहेका छन कि ६ नम्बरको गणना होस सबै हिसाब एकै साथ बराबर गर्छौ । यो भनाईले पनि वडा नं। ६ प्रति काँग्रेसले धेरै भर गरेको छ । तर एमाले बृत्तको कुरा सुन्ने हो भने मेचीनगरको प्रमुखमा प्रसाईले करीब २ सय मतले चुनाव जित्ने बिश्वास देखीन्छ । त्यसो त काँग्रेसका लागि गणना सम्पन्न भएको वडा नं। १५ ले २ भन्दा बढीको अग्रता दिएर केही राहत त गरेकै छ । त्यसमा पनि मेचीनगर ४ बाहुनण्डागी क्षेत्रबाट एमालेले अपेक्षा गरे जती मत उसलाई नआउनुले पनि काँग्रेसलाई हौस्याएको छ ।

वडा नम्बर ५ र ८ दुवैका लागि समान जस्तै मत आउने वडाका रुपमा ति दुवै दलका नेताले स्वीकार्छन । त्यसैले यी दुवै वडा निर्णयक बन्ने सभ्भावना देखिदैन ।

सबैभन्दा गजबको कुरा के छ भने मेचीनगरको राजधानी भनेर चिनिने वाड नं। ७ का बारेमा कसैले कुरा गर्दैन । जबकी मत खसेको आधारमा नगरको तेस्रो ठुलो वडा हो ७ नम्बर । वडा नं। ७ को गर्वमा के छ भन्ने कुरा कसैले अनुमान लगाएका पनि छैनन र त्यस प्रति कसैको चासो पनि देखिन्न तर बिमल र बिष्णु दुवैका लागि निर्णायक वडा बन्दैछ ७ नम्बर ।

यता उपप्रमुखमा भने काँग्रेसका दुर्गा खतिवडा प्रमुखको तुलनामा कमजोर देखिएकी छन । सोमबारसम्मको गणनामा खतिवडा एमाले उम्मेद्वार मिना उप्रेती भन्दा १२ सय बढी मतले पछि परिसकेकी छन । काँग्रेसको बलिया वडाहरु गणना हुन बाँकी रहे पनि मतान्तर धेरै भएकाले त्यसको भरपाई गरेर अग्रता लिन कठिन देखिन्छ तर असभ्भव भने होईन । किनकी काँग्रेस उपप्रमुख उम्मेद्वारको घर भएको वडा भनेको १० नम्बर हो जुन नगरको दोस्रो ठुलो मत खसेको वडा हो । आफ्नो वडामा राम्रो पकड राख्न सकेको अवस्थामा ५ हजार ४ भन्दा बढी मत खसेको १० नम्बरले खतिवडालाई उकास्न सक्ने हो भने अहिलेको फराकिलो अन्तरको क्षतिपुर्ति गर्न सकिने अवस्था पनि छ ।

भुगोल र जनसंख्या दुवै दृष्टिले झापा कै सबैभन्दा ठुलो नगरको रुपमा रहेको मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कसले बाजी मार्ला त्यसका लागि भने मत गणनाको अन्तिम परिणामका लागि अबको केही दिन कुर्नै पर्ने छ ।

लोकतन्त्र पोस्ट दैनिकमा  २०७४ असार २०  गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: