मेचीनगरमा बुधबारदेखि विद्यालय खुल्ने

  प्रकाशित मिति
४ आश्विन २०७८, सोमबार २१:४२


धुलाबारी, ४ असोज । मेचीनगर नगरपालिका क्षेत्रका विद्यालयहरु बुधबारदेखि खुल्ने भएका छन ।
नगर कार्यपालिकाको आइतबार बसेको बैठकले विद्यार्थीहरु भौतिक रुपमा उपस्थिति गराएर नै विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले बताए ।

उनका अनुसार मेचीनगरका विद्यालयहरु पुर्ण रुपमा खुल्ने भएको छ । विद्यार्थीहरुलाई तीन पटकसम्म सिप्ट गरेर पढाउन र सुरक्षा मापदण्ड अनिर्वाय पालन गर्न विद्यालयलाई निर्देशन गरेको उनको भनाइ छ ।

‘एउटा कक्षा कोठाको एउटा बेञ्चमा एक जना भन्दाबढी विद्यार्थी राख्न पाईदैन’, भण्डारीले भने –‘त्यसको अनुगमन वडा कार्यालयहरु र समग्रको हकमा नगरपालिकाले गर्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: