मेचीनगर । मेचीनगरपालिकाले लकडाउनलाई केहि खुकुलो पारेको छ ।
गत साउन २८ गतेदेखि सात दिनलाई लगाएको लकडाउनलाई केहि मात्रमा खुकुलो पारेको हो ।
मेचीनगरपालिकाले बुधबार कोभिडको संक्रमण समुदायमा फैलिन थालेपछि संक्रमण रोग ऐन २०२० को दफा २ अनुसार अर्को सूचना जारी नहुन्जेल सम्मका लागि वडा नम्बर ६, ७ र ८ मा लकडाउनलाई निरन्तरता दिने निर्णय गरिएको छ ।
मेचीनगरको १५ वटा वडामध्ये ६, ७ र ८ नम्बर वडामा लकडाउनलाई निरन्तरता दिएको छ भने अन्य वडाहरुको हकमा भोलिदेखि खुकुलो पारेको हो ।
तर, मेचीनगर भित्रका शैक्षिक संस्था, होटल, सपिङ् मल, सेलुन र व्युटिपालर भने पूर्णरुपमा बन्द रहनेछ ।
पीसीआर परीक्षणको दायरा फराकिलो बनाउने लगायतका निर्णय समेत गरिएको छ ।
वैठकले वडा नम्बर ६, ७ र ८ मा भोलिदेखि दूध डेरी, सागसब्जी र खाद्यान्नका पसलहरु बिहान ८ देखि १० बजे सम्ममात्र खोल्न पाउने गरि निर्णय गरेको छ ।
औषधि पसल लगायत स्वास्थ्य सेवा नियमित सञ्चालन हुनेछन् ।
अत्यावश्यक र मालबाहक बाहेकका सवारी साधान चलाउन नपाईने, अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन नपाईने, सामाजिक दुरी कायम गरेर कृषि कार्य गर्न पाइनेछ ।
विशेष कार्यका लागि पालिकासँग पास लिएर सवारी साधन चलाउन पाइनेछ भने वित्तिय संघ संस्थाहरु सरकारले तोकेको मापदण्ड अनुसार सञ्चालन गर्न पाइने नगरपालिकाले निर्णय गरेको छ ।
।। अर्जुन कार्की ।।