मेचीनगरमा व्यवसाय सञ्चालन गर्न जोर–विजोर लागु

  प्रकाशित मिति
६ जेष्ठ २०७७, मंगलवार १९:४८


मेचीनगर । मेचीनगर नगरपालिकाले लकडाउन पालनासहित व्यवसाय सञ्चालन व्यवस्थित गर्न नगर क्षेत्रमा जोर–विजोर लागु गरेको छ ।
नगरपालिकाले व्यवसाय सञ्चालन गर्न समय तालिका निर्धारण र सञ्चालन अनुमतिका लागि नयाँ व्यवस्था लागु गरेको हो ।

मेची उद्योग बाणिज्य संघसँग समन्वय गरी खाद्यन्न पसल जोर गतेका लागि कायम गरिएको छ ।

त्यस्तै हार्डवयर, मोटर पार्टस, ग्यारेज, इटा बिक्री केन्द्र, ग्यास बिक्री केन्द्र विजोर गते दैनिक विहान ८ देखि दिउँसो १२ बजेसम्म मात्र सञ्चालन गर्न पाइने नगरपालिकाले जनाएको छ ।

कृषिजन्य दुध डेरी, कुखुरा, अण्डा, नर्सरी बीउविजन, र औषधिजन्य भेटनरी तथा मेडिकल पसलहरु भने नियमित सञ्चालन हुने नगरप्रमुख विमल आचार्यले बताए ।

खाद्यन्न, उद्योग तथा कलकारखानाको कच्चा पदार्थ र उत्पादित वस्तुको ढुवानीमा पास जारी गरीरहनु नपर्ने र र्निवाध रुपमा सञ्चालन गर्न सकिने उनले बताए ।

नगररपालिकाको कार्यालयसँग समन्वय गरी नदीजन्य पदार्थ विहान ६ देखि साँझ ६ बजेसम्म ओसारपसार गर्न सकिने उपप्रमुख मिना पोखरेल उप्रेतीले जानकारी दिइन् ।

त्यसका लागि नगरपालिकाबाट आयोजना स्थल र लोेड गरिने स्थल तोकिएको पास अनिवार्य लिनु पर्ने सामाजिक विकास अधिकृत अनन्तप्रकाश वस्तीले बताए ।

यसैगरी, नगरपालिकाभित्र सञ्चालित वित्तिय संस्थाहरुले बैंक सहकारी तथा फाइनान्सहरुलाई आधा–आधा गरी जोर–विजोर गते सञ्चालनको व्यवस्था मिलाईएको छ ।

बैंक कर्मचारीहरुका हकमा बैंकर्स एशोसिएशनको पास र फाइनान्स तथा सहकारीहरुको हकमा नगरपालिकाले पास जारी गर्ने जनाएको वस्तीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: