मेचीनगरमा सयौंले पाए सहाराको दसैं भत्ता

  प्रकाशित मिति
८ आश्विन २०७९, शनिबार १६:२९


मेचीनगर, ८ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारीले वर्षेनी सदस्यहरुलाई दिर्दै आएको सामाजिक सुरक्षा भत्ता मेचीनगरको धुलाबारीमा एक कार्यक्रमबीच वितरण गरिएको छ ।

सहारा नेपालको धुलाबारी सेवा केन्द्रमा आज आयोजित शुभकामना आदानप्रादन तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती रहेकी थिइन् ।

सो अवसरमा ज्येष्ठ, एकल तथा अशक्त सदस्यहरुलाई सम्मानसहित सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।

सम्मानित सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको सो कार्यक्रमको अध्यक्षता सहारा नेपाल साकोस धुलाबारीका सञ्चालक समिति अध्यक्ष भगिरथ शर्मा सुबेदीले गरेका थिए ।

विभिन्न उमेर समूहका ज्येष्ठ सदस्यहरुलाई एकमुष्ठ रुपमा ६ हजारदेखि २५ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा सुविधा भत्ता वितरण गरिएको छ ।

एकल महिला तथा पुरुष दुबैले वार्षिक रुपमा सहारा नेपालबाट भत्ता पाउने गरेका छन् । महिला एकलले ८ हजार र पुरुषले ६ हजार रुपैयाँ पाउने गरेका छन् ।

परिवार राहत अन्तर्गत मेचीनगर वडा नं. ११ का तकदिर प्रसाईलाई एक लाख रुपैयाँ प्रदान गरिएको छ । प्रसाईकी पत्नी मञ्जुको क्यान्सरबाट मृत्यु भएको थियो ।

यसैगरी, ८६ वर्षभन्दा माथिका भीमप्रसाद दाहाल र डिकुरादेबी दाहालले दीर्घायू सम्मान अन्तर्गत जनही २५ हजार रुपैयाँ सहाराबाट पाएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले सहारा नेपाल ज्येष्ठ नागरिक, एकल महिला तथा पुरुष र अशक्त अपांगका लागि सहारा नै बनेको बताइन् ।

सरकारले गर्न नसकेको कल्याणकारी कार्य गरेर देखाएकोमा सहारा नेपालको उनले प्रशंसा गरिन् ।

संस्थाका केन्द्रीय निर्देशक लक्ष्मण खतिवडा, केन्द्रीय सञ्चालक समिति सदस्य शंकर रिजाल र भीम खवास, पूर्व सल्लाहकार संयोजक हरिचरण बानियाँ र मोहनराज दाहाल, धुलाबारी सेवा केन्द्रका सञ्चालक समिति सदस्य चन्द्रमणि पौडेल, गोपाल बस्नेत, चन्द्रगढी सामुदायिक बन समितिका अध्यक्ष दुर्गा भट्टराई, पत्रकार मोहन काजी र झुलन रेग्मी लगायतले सम्मानित व्यक्तिहरुलाई दोसल्ला ओढाउँदै सम्मान अर्पण गरेका थिए ।

धुलावारी सेवा केन्द्रका सदस्य लोहितप्रसाद चापागाईले सञ्चालन गरेको सो कार्यक्रममा केन्द्रीय सञ्चालक समिति सदस्य शंकर रिजाल, पूर्व सल्लाहकार संयोजक हरिचरण बानियाँ, काँकरभिट्टा सेवा केन्द्रका प्रमुख खेमराज पुरी, धुलाबारी सेवा केन्द्रका प्रमुख अरुण श्रेष्ठ, धुलावारी सेवा केन्द्रकी सञ्चालक समिति सदस्य बिनु दाहाल लगायतले संस्थाका गतिविधि र प्रगति बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा गीत तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: