विउँ विजनको पसल खुलाउने सर्वदलिय निर्णय

  प्रकाशित मिति
४ बैशाख २०७७, बिहीबार १४:३०


–राहतको अनुगमन
–दाताबाट थप सहयोग माग्ने
–वजेट माग गर्ने

मेचीनगर । मेचीनगर नगरपालिकाले राजनीतिक दलहरुसँग विहीबार सर्वदलिय छलफल गरेको छ ।

मेचीनगरका चार राजनीतिक दलसँग चार वटा विषयमा छलफल भएको नगरपालिकाले जनाएको छ ।

पहिलो, नगरपालिकाबाट पठाइएको राहतका विषयमा वडा–वडामा गएर प्रभावकारी रुपमा अनुगमन गरिने, दोस्रो, नगरपालिकाले स्थापना गरेको कोभिड–१९ रोग नियन्त्रण तथा रोकथाम उपचार कोष (विपद व्यवस्थापन कोष) मा दाताहरुलाई थप सहयोगका लागि अनुरोध गर्ने, तेस्रो काँकरभिट्टाको पूर्वी नाका थप संवेदनशिल भएकोले संघीय र प्रदेश सरकारसँग थप वजेट माग गर्ने निर्णय भएको छ ।

त्यसैगरी, चौथो लकडाउन पछि पनि खाद्य संकट हुने स्थिति नओस् र कृषिको उत्पादन बढाउन किसानहरुलाई सहजरुपमा विउँ विजन उपलब्ध गराउन त्यस्ता प्रकृतिका पसलहरु खुलाउन अनुरोध गर्ने सर्वदलिय निर्णय भएको नगरपालिकाले जनाएको छ ।

छलफलमा मेची नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, नेकपाका मेचीनगर अध्यक्ष माधव अर्याल, सचिव राजु पोखरेल, नेपाली काङ्ग्रेस क्षेत्र न. १ का क्षेत्रीय सभापति मणिकुमार उप्रेती, नगर सभापति इन्द्रबहादुर बुढाथोकी, राप्रपा मेचीनगर अध्यक्ष शुशिल आचार्य, संघीय समाजवादी पार्टी मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङ लगायतका राजनीतिक दल तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: